• विराटनगर । र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) मा मोरङको बुढिगंगाकी एक युवतिमा पनि कोरोना भाइरसको एण्टीबडी पोजेटिभ देखिएको छ ।

    भारतको बैङ्लोरबाट एक महिना अगाडि घर आएकी युवतिकोे बिहीबार आरडिटी गर्दा पोजेटिभ देखिएको हो ।

    बुढिगंगा–१ यादव टोल बस्ने उनको सामुदायिक स्वास्थ्य केन्द्रमा गरिएको आरडीटी परीक्षणका क्रममा एण्टीबडी पोजेटिभ भेटिएको गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत डम्बरुबल्लब बरालले जानकारी दिनुभयो । उनको आरडिटी पोजेटिभ देखिएपछि उनलाई कोभिड १९ विषेश अस्पतालको आइसोलेसनमा लैजाने तयारी गरिएको वडा नं. १ का वडाध्यक्ष युवराज पौडेलले जानकारी दिनुभएको छ ।

    उनी अध्ययनको लागि बैंगलोरमा बस्दै आएको बताइएको छ। ब्याच्लर तहमा अध्ययन गर्ने उनी कोरोनाको जोखिम बढेपछि सरकारले लकडाउन घोषणा गरेकै दिन उनी घर फर्किएको स्थानीयले जानकारी दिएका छन् ।

    ती युवतीको थप परीक्षणपछि मात्र कोरोना भए नभएको यकिन हुने छ । उनको स्वाब कोसी अस्पतालमा पिसिआर बिधिबाट परीक्षण हुनेछ । उनीसँगै आएकी अर्की युवतिको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको छ ।

    प्रदेश १ मा यसअघि बुधबार झापाको हल्दिबारीका युवकको आरडिटी परीक्षणमा पोजेटिभ देखिएको थियो । बिहीबार उनको स्वाव कोशी अस्पतालमा पिसिआर प्रबिधिबाट परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ ।

    आरडीटीमा पोजिटिभ हुनेबित्तिकै स्वाब परीक्षणको परिणाम पनि पोजिटिभ नहुने यसअघि देखिसकेको छ । चिकित्सकहरुका अनुसार पहिले कोरोनाको संक्रमण भएको र रोग प्रतिरोध क्षमताको कारण त्यसलाई परास्त गरेकाहरुको रगत परीक्षणमा आरडिटी पोजेटिभ देखिन्छ ।

    पछिल्लो पटक र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा कैलालीकी एक महिलाको नेगेटिभ रिपोर्ट आएकोमा पिसिआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ मंगलबार सप्तरीसहित विभिन्न जिल्लाका ६ जनामा आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएकोमा पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…