विराटनगर। नेपाल कम्युनिष्ट पार्टी मोरङले सुरक्षाकर्मीका लागि व्यक्तीगत सुरक्षा सामाग्री ( पीपीई) सहयोग गरेको छ ।
शुक्रबार मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल मार्फत सुरक्षाकर्मीका लागि एकसय थान पीपीई सहयोग गरेको हो ।
जनताको सुरक्षामा खटिने नेपाल प्रहरीका लागि ५० र सशत्र प्रहरीका लागि ५० थान पीपीई सेट हस्तान्त्रण गरिएको नेकपा मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए ।
स्वास्थ्यकर्मीको अनुपस्थितीमा संकास्पद व्यक्तीलाई अस्पतालसम्म पूर्याउने काम प्रहरी कै भएकाले सुरक्षा सामाग्री सहयोग गरिएको उनले बताए ।