• बैशाख ५, २०७७ 

    इटहरीः करुणा फाउण्डेसनको आर्थिक सहयोगमा स्पाइनल इन्जुरी सघं प्रदेश एक सुनसनरीले अपाङ्ग भएका ब्यक्तिलाई अत्याबश्यक चाहिने सामग्री घर घर पुगेर बितरण गरेको छ ।

    उक्त संघले प्रदेश एकका झापा, सुनसरी, मोरङ, धनकुटा, भोजपुर, तेह्रथुम जिल्लामा रहेका ३९ जना महिला तथा पुरुष अपाङ्ग ब्यक्तिलाई अत्याबश्यक सामग्रीहरु पिलेन क्याथेटर, फोलिस,क्याथेटर,कण्डम क्याथेटर, ब्युरो ब्याग, ह्यान्ड वास सेनिटाइजर, सेनेटरी प्याड, डाइफर, डिटोल, पञ्जा, औषधी लगायत अन्य महत्वपुर्ण १० प्रकारका सामग्री घरघरमा बितरण गरिएको स्पाइनल इन्जुरी संघ प्रदेश एकका अध्यक्ष बिक्रम घिमिरेले बताए ।

    राष्ट्रिय अपाङ्ग महासंघ नेपाल प्रदेश एकका अधिकृत बिमल बस्नेत साथै करुणा फाउन्डेसनका प्रतिनिधि लगायतको सहयोगमा तथा स्पाइनल इन्जुरी सघं प्रदेश एक सुनसरीको सहयोगमा उक्त सामाग्री बितरण गरिएको हो ।

    प्रदेश पोर्टल सगँ कुरा गर्दै इन्जरी सघं प्रदेश एकका अध्यक्ष घिमिरेले भने– ‘म अपाङ्ग सघकों अध्यक्ष भएको अर्थले हाम्रा साथीहरु ह्युइल चियर भन्दा बाहिर हिड्न नसक्ने अबस्थामा हुनुहुन्छ ।

    उहाँहरु घर बाहिरबाट केही किनेर ल्याउन सक्ने अबस्थामा हुनुहुन्न । कतै हिड्न जाने अबस्था पनि छैन् । यस्तो अबस्थामा आफुले नै राहतका लागि स्थायीय तहका सरकारसगँ धेरै पटक कुरा गरें, तर कुनै जनप्रतिनिधिले चासो दिनु भएन ।

    मलाई साह्रो दुःख लाग्यो । दैवले त ठग्यो ठग्यो तर यस्तो लकडाउनको अबस्थामा जनप्रतिनिधिले पनि हाम्रो समस्या नबुझ्दा साह्रै दुख लाग्दो रहेछ ।’
    स्थानीय सरकारसगँ कुरा गर्दा तपाईहरुको भत्ता आउँछ राहत सामग्री पर्दैन भन्ने जवाफ पनि दिएको अध्यक्ष घिमिरेले बताए । हामीलाई सरकारले केहीलाई ३ हजार भत्ता दिने गर्छ, त्यो पनि ४ महिनामा एक पटकमा दिने गरेको उनले बताए । उनले भने–‘ कतिपय साथीहरु एक महिनाको १६ सय भत्ता पाउनु हुनुहुन्छ उहाँहरुको त्यो पैसा कहिले आउँछ ? कहाँ गएर किन्ने?’



सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…