• मोरङ, ५ बैशाख । मोरङ क्षेत्र नं. २ का सांसद एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर मीनेन्द्र रिजालले ११ जना औद्योगिक तथा निर्माण मजदुरलाई शुक्रबार राहत प्रदान गर्नु भएको छ । काठमाडौंमा खाने अन्न सकिएपछि उनीहरू पैदल हिडेर मोरङको कानेपोखरी– ३ स्थित आफ्नो घर फर्किरहेका थिए ।
    बिहीबार बिहान १२ जना भएर ललितपुरको पाटन औद्योगिक क्षेत्रबाट पूर्व लागेका उनीहरूलाई प्रहरीले भक्तपुरको जगातिबाट फर्काएको थियो । बिहान ९ बजे पाटनबाट हिडेका उनीहरू १२ बजे जगाति पुगेका थिए । जगातिबाट अघि बढ्न प्रहरीले रोकेपछि उनीहरू पुन पैदल नै फर्किएका थिए । फर्किने मध्येका अभिषेक चौधरीले भन्नुभयो – खाने अन्न सकियो । अलि अलि घरलान राखेको पैसा पनि खाएरै सकिने भयो । भनेको बेला चामल किन्न पनि पाइदैन् ।तरकारी र पानीको उस्तै समस्या, त्यसैले पैदल नै घर जान भनेर हिडेका थियौं , तर प्रहरीले रोक्यो । विपन्न परिवारका युवाहरू कोही औद्यँोगिक क्षेत्रमा काम गर्थे भने कोही घर निर्माण क्षेत्रमा काम गर्थे । खुल्छ कि भनेर दुई हप्ता बाटो हे¥यौं तर खुलेन । त्यसपछि पार नलाग्ने भएपछि घर फर्किने निर्णयमा पुग्यौं अर्का युवक तुला चौधरीले भन्नुभयो ।

    प्रहरीले फर्काएपछि सङ्कटमा परेका उनीहरूलाई न कसैले राहत दियो न आर्थिक सहयोग नै ग¥यो । उनीहरू सङ्कटमा परेको सूचना मोरङका पत्रकार हरि कोइरालाले दिएपछि मोरङ –२ का सांसद एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर मीनेन्द्र रिजालले राहत प्रदान गर्नु भएको हो । डाक्टर रिजालले मोरङ काठमाडौं सम्पर्क समितिका उप सभापति रोहित भट्टराई र स्वकीय सचिव सुनील भण्डारी मार्फत १५ हजार रुपियाँ राहत प्रदान गर्नु भएको हो ।
    ११ जनालाई सामान्य दालभात खानका लागि आपतकालिन राहत प्रदान गरिएको मोरङ काठमाडौं सम्पर्क समितिका उप सभापति रोहित भट्टराईले बताउनु भयो । मोरङको कानेपोखरी गाउँपालिकाका १,२ र ३ नं. वडा प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं. २ मा पर्छन् । रिजाल सोही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनु भएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…