• काठमाडौं । बैंकहरुको बैंकिङ सेवा आम नागरिकका लागि की शक्ती केन्द्रका पासधारीहरुलाई मात्र हो ? पछिल्लो समय प्रश्न खडा भएको छ ।

    कोरोना भाइरस (कोभिड -१९) का कारण विश्व जगत त्राहीमाम छ । यस महामारीबाट नेपाल पनि अछुतो छैन । कोरोना भाइरस नियन्त्रणका लागि मुलुक लकडाउनमा भएको आज २५ औं दिन हो ।

    मुलुक लकडाउनमा भएकै अवस्थामा सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्यो । कोरोना भाईरसले मुलुकको मेरुदण्ड मानिने बैंकिङ क्षेत्र सहित अर्थतन्त्रमा गम्भिर असर पार्ने देखिएको छ ।

    उनको नियुक्तीसँगै सनराईज बैंकका सिइयो जनक शर्मा पौडेल बुकी लिएर प्रतिनिधि सहित रातीनै बधाई टक्राउन पुगे । बधाई नै विवादमा पर्यो । गभर्नर महाप्रसाद अधिकारीले तुरुन्तै कुरा बुझे ।

    अब अरु लर्को लागे मेरै शरिर धरापमा पर्छ भन्ने बुझ्ना साथ टुइटरबाटै घुमाउरो भाषामा बैंकका सिइयोहरुलाई उनले भने, शक्ति केन्द्रका हस्तीहरु हो ।

    लकडाउन पालनामा कुनै कम्प्रमाइज नगरौं । स्वकीय सचिवलाई राती नै तुरुन्त निर्देशन दिए । अब भेटघाट बन्द गर्नुपर्छ । लकडाउनको पुर्ण पालना गर्नुपर्छ ।

    मोवाई,फोन र एसएमएसबाट बधाई दिउ भन्दै टुइट पनि फर्र्काए । त्यही सुचनाले भेट्न पनि आएनन् । गभर्नरमा महाप्रसाद अधिकारी ज्यू ? बैंकिङ क्षेत्रको कारोबार पनि ठुलाबडाको लागि मात्र हो की भन्ने प्रश्न खडा भएको छ ।

    आम नागरिकले विगतको जस्तो बैंकिङ सेवा लिन फलामको गेट पारगर्नु जस्तै छ । लकडाउनका कारण सक्नेका लागि मात्र बैंकिङ सेवा भएको छ । नागरिकहरु सेवा लिन आऊन पनि कसरी ?

    लकडाउनमा बाहिर ननिस्कन सरकारको प्रष्ट निर्देशन छ । उता, शहरका चोकचोकमा रहेका एटीएमबाट सर्वसाधरणहरुलाई नगद निकाल्न हम्मे हम्मे छ ।

    सर्वसाधरणले गृहमन्त्रालयले जारी गर्ने पास कहिले पाउने ? बैंकहरुले सेवाका नाममा दिनभर काउन्टर खुला राख्ने । सेवा कस्ले लिएको छ सुची निकाल्न परो ।

    दिनभर बैंक खोल्दा पहुचवाला १,२ जना मात्र बैंक आउने गरेको गुनासो बढेको छ । होइन यो बैंकिग सेवा कस्का लागि हो क्या ? नेपाल बैंकर्स संघको अध्यक्ष भुवन कुमार दाहाललाई पनि प्रश्न छ ।

    दाहाल ज्यू समयमै छलफल गर्नुहोस् । काउन्टरबाट दिइने सेवा आम नागरिकका लागि हुनुपर्यो । त्यसलाई सहजता कसरी गराउने ? समयमै विचार पुर्याउनु आवश्यक छ । जसको लाठी, उसको भैंसी भने जस्तो नहोस् ।

    यस भन्दा अगाडिका बैंकर्स संघ अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले नेपाल राष्ट्र बैंकसँग प्रष्ट बैंक र सेवाग्राहीको हितमा धारणा राख्ने गरेकोमा तपाईले पनि खुट्टा कमाउनु भएन भन्ने प्रश्न केहि सिइयोहरुले न्यूज अभियानकर्मीसँग राखेका छन् ।

    नागरिकलाई दिइने सेवामा विभेद नहोस् । नवनियुक्त गर्भनर महाप्रसाद अधिकारी र भुवन दाहालको टिमले समयमै छलफल गरि बैंक र बैंकिङ सेवा आम नागरिकले प्रत्याभुती हुने गरि सहज ब्यवस्था मिलाउनु आवश्यक छ ।

    पास र पहुँच भएका कोट लगाएर बैंककै काउन्टरबाट खनखनी नोट बोकेर हिड्ने ? अनी दैनिक खर्च चलाउने हरु नजिकै भएको एटीएमबाट २,४ हजार खर्च पनि जोहो गर्न नसक्ने विभेद कहिले सम्म ? फेरि बैंकको काउन्टरमै पुग्ने ?

    बैंकहरुबीच आपसी समन्वयन गरि तालिका बनाई पालैपालो काउन्टरहरु खुल्ला राखी अति आवश्यक परेका सेवाग्राहीलाई रकम निकाल्ने व्यवस्था हुनुपर्यो । चहलपहल देखाउने महाशयहरुबाट कोरोना भाइरस संक्रमण नहुने पनि होईन कि कसो ? जनतासँग प्रत्यक्ष जोडिएको बैंकिङ क्षेत्रका बारेमा समयमै विचार पुर्याउने की ?

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…