• २०७७ बैशाख ६ शनिबार

    कोराना संक्रमण फैलिने क्रम बढेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले वन्यजन्तुको मासुमा प्रतिबन्ध लगाउन सबै मुलुकलाई अपील गरेको छ । ७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको भन्दै मासुको व्यापारमा कडाइ गर्नुपर्ने डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एडहनामले बताएका छन् ।

    चीनको वुहानमा पहिलोे पटक देखिएको कोरोना संक्रमण सिफुडबाट फैलिएको आशंका गरिएको छ । तर, यसको पुष्टि भने भएको छैन । विश्वभर संक्रमण बढ्दै गएपछि डब्ल्यूएचओले ३० जनवरीमा विश्वव्यापी स्वास्थ्य संकटलकाल घोषणा गरेको थियो । लाखौं मानिसको मुख्य भोजनको रुपमा रहेको मासु अधिकांश क्षेत्रमा भने स्वच्छताको अभाव रहेको टेड्रोसले बताए ।

    ‘जीवित जनावरको बिक्री हुने बजारलाई तबमात्र खोल्नुपर्छ, जब भोजन र स्वच्छताका सबै मानक कडाइका साथ पालना हुन्छ ।’ डब्ल्यूएचओका प्रमुख टेड्रोसले भने ।

    यस्तै, अफ्रिकाका इमर्जेन्सी अपरेसन प्रमुख मिचेल याओले अफ्रिकामा अबको तीनदेखि ६ महिनामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या एक करोड पुग्नसक्ने चेतावनी दिएका छन् ।
    (नेपाल समाचारपत्र दैनिकबाट)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…