• माेरङ । लकडाउनकाे माैका पारेर मोरङको पथरीशनिश्चरे नगरपालिका-१, पूर्व बसस्टेन नजिकै शुक्रबार दिउँसै गैरकानूनी रुपमा तीन वटा रुख ढालिएको छ ।

    रुख ढालिएको स्थान पथरीको ट्राफिक प्रहरी कार्यालयदेखि दक्षिणमा पर्दछ । करिब २ बजे रुख ढालिएको हो । रुख भएको क्षेत्र धिमाल समुदायको सांस्कृतिक स्थल हो ।

    दुई वटा रुख ढाली सकेपछि तेस्रो रुख ढाल्दै गर्दा सेक्टर वन कार्यालय पथरी र सेक्टर वन कार्यालय उर्लाबारी मंगलबारेको वन रक्षक टोली त्यहाँ पुगेकाे थियाे ।

    सेक्टर वन कार्यालय पथरीको प्रमुख महोमद अलाउदिनले रुख ढाल्ने पारस बुढाथोकी, शंकर लिम्बू पहिचान भइसकेको बताए ।

    उनीहरु काम गर्ने लेबरहरु बुझिएको छ । कर्मचारी त्यहाँ पुग्दा अभियुक्तहरु फरार भएको अलाउदिनले बताए ।

    घटना स्थलमै भेटिएको १ नम्बर वडा अध्यक्ष बाबुराम लिम्बूले आफूलाई सो बिषयमा जानकारी नभएको बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…