•  

    वैशाख ६, काठमाडौं । उदयपुरको मस्जिदमा भेटिएका १२ जना कोरोना संक्रमणको विराटनगरस्थित कोरोना अस्थायी अस्पतालमा उपचार सुरु गरिएको छ ।

    कोरोना पुष्टि भएपछि उनीहरुलाई गएराती नै चार वटा एम्बुलेन्समा राखेर राती विराटनगर ल्याइएको थियो । विराटनगर पुर्याए लगत्तै प्रदेश १ सरकारले निर्माण गरेको कोरोना अस्थायी अस्पतालमा राखेर उपचार सुरु गरिएको हो ।

    त्यहाँ आइसोलेसनमा राखेर उनीहरूको उपचार सुरु गरिएको प्रदेश १ सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिएका छन् ।

    मन्त्री कार्कीले ट्विट गरेका छन्, ‘हिजो १२जना कोभिड-१९ पोजिटिभ भेटिएका व्यक्तिलाई हिजो उदयपुरबाट विराटनगर ल्याई उपचार सुरु भएको छ । नेपालमा अस्तिसम्म १६ जना, हिजो उदयपुरमा १२ जना, चितवनमा २ जना गरी हिजोसम्मको परीक्षणबाट ३० जना संक्रमित भएको पुष्टि भएको छ । सचेत बनौं, आफू बचौं र अरूलाई नि बाँच्न दिऔं ।’


    कोसी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा १२ जनामा कोरोना पोजेटिभ भेटिएको थियो । सोही रिपोर्टलाई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा समेत शुक्रबार पुष्टि गरेको हो ।

    संक्रमित मध्ये १ नेपाली र ११ जना भारतीय नागरिक छन् । १६ मध्ये १२ मा कोरोना पोजेटिभ र ४ मा नेगेटिभ देखिएपछिसँगै बस्ने ४ जनालाई क्वारेन्टाइन लगिएको छ । मोरङको टाँडीमा नेपाली सेनाको निगरानीमा रहेको क्वारेन्टाइनमा शुक्रबार राति नै उनिहरुलाई एम्बुलेन्सबाट लगिएको हो ।

    यस्तै भारतबाट आएर उदयपुरको मस्जिदमा बसेका उनीहरुमा कोरोना पोजेटिभ देखिएपछि संक्रमित रहेको स्थानलाई शुक्रबार नै ‘सिल’ गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…