• उर्लाबारी ६ वैशाख
    विजय धिमाल
    मोरङको पथरीशनिश्चरे नगरपालिका १ स्थित धिमाल जातीय विकास केन्द्र पाथरी ग्राथान भित्र शुक्रबार दिउँसै गैरकानूनी रुपमा तीन वटा रुख ढालिएको छ ।

    करिब दिउँसो २ बजे एक व्यक्तिहरुको समुहले रुख ढालिएको हो । दुई वटा रुख ढाली सकेपछि तेस्रो रुख ढाल्दै गर्दा सेक्टर वन कार्यालय पथरी र सेक्टर वन कार्यालय उर्लाबारी मंगलबारेको वन रक्षक टोली त्यहाँ पुगेका थिए । सेक्टर वन कार्यालय पथरीको प्रमुख महोमद अलाउदिनले रुख ढाल्ने पारस बुढाथोकी, शंकर लिम्बू पहिचान भइसकेको बताए । उनीहरु पथरी आसपासमा काम गर्ने लेबरहरु बुझिएको छ । कर्मचारी त्यहाँ पुग्दा अभियुक्तहरु फरार भएको अलाउदिनले बताए । यो घटना बुझ्दा आफै काटेका हुन की काट्न लगाइएको हो अहिले सम्म पत्तालागेको छैन । घटना स्थलमै भेटिएको १ नम्बर वडा अध्यक्ष बाबुराम लिम्बूले आफूलाई पनि सो बिषयमा जानकारी नभएको बताए ।

     

    त्यस्तै संस्थाका सम्बन्धित व्यक्ति धिमाल जातीय विकास केन्द्र पथरी गाउटोलका अध्यक्ष गोविन्द धिमालले पनि यस विषयमा केही थाहा नभएको जानकारी गराए । त्यस्तै धिमाल जातीय विकास केन्द्र पथरी नगर समिति अध्यक्ष साजन धिमाल संग सम्पर्क गर्दा उनलाई पनि थाहा नभएको जानकरी गराए । उनि भन्छन रुख काटी सक्दा मैले थाहा पाए पछि गएर हेरे यताउता बुझ्दा स्थानिय कोही बोलेनन् ।

     

    यस्तो हर्कत कस्ले र किन ग¥यो भन्छन उनि । यो त अन्जान व्यक्तिले मेरो घरमा आएर लात्ती हानेको महसुस भएको भएको बताउदै यस्को खोजी कार्य हुने छ र पहिचान गरी वन ऐन अन्र्तगत कारबाही हुन जरुरी रहेको साजनले बताए । विश्वनै रोएको यो अवस्थामा लकडाउनको यो विसम परस्थितीमा मौका पारी यो हर्कत भएको होकी भन्ने बुझिन्छ । कतै वन जोगाऔँ भनिएको अवस्थामा वन नाशगर्ने यो हर्कतलाई सम्बन्धित निकायले यस गतिविधिलाई ध्यान पु¥याई कानुन बमोजीम कारवाही हुन आवस्यक छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…