• उर्लाबारी, प्रहरी–नागरिकको दुरी हटाउन र प्रहरीलाई नागरिक मैत्री बनाउन नेपाल प्रहरीले अघि सारेको ‘प्रहरी मेरो साथी’ नामक अभियानलाई लकडाउन कार्यान्वयनमा केन्द्रित गरिएको छ ।

     

     

    ्कोराना भाइरस ९कोभिड—१९०को जोखिम न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउनलाई प्रभावकारीरुपमा कार्यान्वयन गराउन उर्लाबारीमा‘प्रहरी मेरो साथी’ लेखिएको टि–सर्ट लगाएर स्वयंसेवी खटिएका छन् । लकडाउनलाई प्रभावकारी बनाउन प्रहरीको अभियान अन्तर्गत स्वयंसेवी खटिएका हुन् ।

     

    उर्लाबारी–४ स्थित आइतबारे चौकमा ११ जनाको समूहमा रहेका स्वयंसेवीको टोलीले राजमार्गमा अत्यावश्यकीय काम बाहेक हिँडेका सवारी साधन र पैदल यात्रीलाई रोक्नुका साथै कोरोना भाइरस सम्बन्धि जिज्ञासा राख्नेलाई बुझाउने स्वयंसेवक टोलीका प्रमुख गोपाल निरौलाले जानकारी दिए । यो अभियान उर्लाबारीका नौ वटै वडामा सञ्चालन भइरहेको छ ।

     

    सबै वडामा प्रहरी र जनप्रतिनिधिले सघाउने गरी स्वयंसेवक खटिएर ठाउँठाउँमा जनतालाई सरकारको निर्णयसंगै कोरोना जोखिम न्यूनीकरणको अभियानलाई सक्रिय बनएको निरौलाको भनाई छ ।

     

    अनावश्यक काममा घर बाहिर जाने, भिडभाड र खेलकूदजन्य गतिविधिमा सहभागी हुने, विदेशबाट आएकाहरुले होम क्वारेन्टाइनमा बस्न आनाकानी गर्ने गरेका जस्ता समस्या रहेको अर्का स्वयंसेवी नवराज अधिकारी बताउछन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…