• एजेन्सी, ६ बैशाख । नासाले झन्डै एक दशकपछि अमेरिकी भूमिबाट पहिलो मानव अभियान सुरु गर्ने घोषणा गरेको छ । मे २७ मा फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट दुई अन्तरिक्ष यात्रीसहित रकेट र अन्तरिक्ष यानले अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा उडान भर्नेछ । रकेट र अन्तरिक्ष यानलाई नीजि कम्पनी ‘स्पेसएक्स’ले बनाएको हो ।

    सन् २०११ मा नासाको स्पेस शटल सेवानिवृत्त भएदेखि उसले मानव उडानका लागि रूसी रकेट प्रयोग गर्दै आइरहेको थियो । यो अभियान सफल भएमा अरबपति उद्यमी एलोन मस्कको नेतृत्वमा रहेको स्पेसएक्स नासा अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा पठाउन सफल पहिलो निजी कम्पनी हुनेछ ।

    फाल्कन नाइन रकेट र क्रु ड्र्यागन स्पेसक्राफ्टले स्पेस केन्द्रको ऐतिहासिक प्याड ३९ए बाट उडान लिनेछन् । यही स्पेसक्राफ्ट अपोलो र शटल मिशनहरूको लागि प्रयोग गरिएको थियो ।

    यसमा बब बेहनकेन र डग हर्लीले अन्तरिक्ष यात्रा गर्नेछन् । उनीहरुलाई आइएसएस पुग्न लगभग २४ घण्टा लाग्ने बताइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…