पोखरा, ६ बैशाख । शनिबार बिहान पोखरा केन्द्रविन्दु भएर भूकम्प गएको छ । शनिवार बिहान ११ बजेर १५ मिनेटमा पोखरामा भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्प मापन केन्द्रका अनुसार शनिबार कास्कीको पुरन्चौरलाई केन्द्रविन्दु बनाएर ३ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ ।
भुकम्प गएपछि त्यहाका स्थानीय घरबाट बाहिर निस्केका थिए । उक्त भुकम्पको धक्का पोखरा आसपासका क्षेत्रमा पनि महशुस गरिएको जनाएको छ ।
यसअघि बिहिबार राति सोलुखुम्बु केन्द्रबिन्दु भएर ४.७ रेक्टरको भूकम्प गएको थियो ।