• काठमाडौं । कोरोना भाइरस अर्थात कोभीड १९ ले विश्व नै आक्रान्त भैरहेको बेला नेपालको जनजीवन देखि अर्थतन्त्रमा समेत ठूलो असर परेको छ। नेपालमा अहिलेसम्म १६ जना कोरोना संक्रमित पुष्ठि भैसकेको छ ।

    नेपालमा संक्रमण मात्र देखिएता पनि प्रवासमा रहने दर्जनौं नेपालीहरुको मृत्यु भैसकेको छ। खाडी मुलुक लागयत अन्य देशमा बस्ने लाखौं नेपालीको अहिले बिचल्ली भैसकेको छ ।

    सयौंको संख्यामा संक्रमित समेत भैसकेका छ। बाहिरी मुलुकमा रहेका नेपालीलाई बिचल्ली भैरहेको बेला हाल सम्म नेपाल सरकारले प्रवासमा बस्ने नेपालीहरुको उद्धार एवम् व्यवस्थापनको लागि कुनै कदम चालेको देखिदैन।

    त्यस्तै यूएइको शारजाहामा कार्यरत नुवाकोट जिल्ला पन्चकन्या गाउँपालिका घर भइ बुद्धि बहादुर तामाङ सहित ३८ जो सारजाहा प्रान्तको ईमिरेट्स क्याप एलएलसि नामक ट्याक्सी कम्पनीमा कार्यरत छन्।

    हाल यूएइमा पनि कोरोना भाइरसका कारण पाँच हजार भन्दा संक्रमित भइसकेका छन् भने तेत्तीस जनाको मृत्यु भइसकेको छ। हाल ईमिरेट्स क्याप एलएलसि नामक ट्याक्सी कम्पनीमा कार्यरत मजदुरहरु काम बिहिन छ ।

    एउटै कम्पनीमा ३८ जना नेपाली कार्यरत छन् अहिले काम बिहिन भएपछि अहिले उनीहरुको बिचल्ली भएको छ। बुद्धि बहादुर तामाङले भने,हामी अहिले बिचल्लीमा परेका छौं।

    हामीलाई यहाँ खान बस्न पनि समस्या भएको र हामीलाई अहिले कम्पनी बन्द भएपछि खान बस्न धौधौ परेको छ हामी नेपाल जान चाहन्छौं।

    हामीलाई कुनै पनि संघसंस्था बाट सहयोग प्राप्त भएको छैन गैरआवासीय नेपालीको संस्थाबाट जम्मा पन्ध्र सय दिह्राम प्राप्त भएको थियो तर हामी ३८ जनालाई त्यो दुई चार दिन पनि पुग्न सकेन ।

    हामी विभिन्न माध्यम खोज्यो तर कुनै उपाय लागेन हाम्रो साथीको समुहले नेपाली राजदुतावासमा समेत हाम्रो समस्याको बारेमा भन्यौं तर राजदुतावासबाट हाल सम्म कुनै पहल हुन् सकेको छैन।

    हामीले नेपाली राजदुतावासलाई कम्पनीले हामीलाई काम बिहिन भएपछि खान बस्न नदिएको गुनासो समेत सुनाएको र हामीलाई नेपाल फर्काउन पहल गर्नु पर्यो भनेपछि पनि कुनै प्रतिक्रिया नआएको बताएका छन् ।

    हाम्रो समस्या सम्बन्धित निकाय सम्म पुर्याएर सहयोग गर्न आग्रह गरेका छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…