• बेलवारी ६ बैशाख
    दिनप्रतिदिन तिब्र रुपमा विश्वमा महामारीको रुपमा फैलिदै गईरहेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रण गर्न सरकारले देशलाई लकडाउनको घोषणा गरको २६ दिन भएको छ । बजारमा दैनिक उपभोग्य बस्त्ुको कृतिम अभाव र बढि मुल्यमा बिक्रिविरण हुन नदिन बेलवारी उद्योग वाणिज्य संगले बेलवारी भित्रका सबै पसलहरुलाई मुल्य सुचि सार्वजनिक गर्दै मुल्यमा एकरुपता ल्याएको छ ।
    केहि दिन देखी बेलवारी नगरपालीका क्षेत्र भित्रका खाद्य किराना पसलहरुमा उपमेयर ढाकाकुमारी पराजुली सहितको अनुगमन टोलीले पटक पटक अनुगमन गरिरहेको छ ।

     

     

    शुक्रवार बेलवारी नगरपालिका र ईलाका प्रहरी कार्यलय संग समन्वय गर्दै बेलवारी उद्योग वाणिज्य संघले बजार अनुगमन गरे पश्चात मुल्यमा एकरुपता ल्याउने निर्णय गरेको बेलवारी उद्योग वाणिज्य संघका अध्यक्ष योगेन्द्र प्रसाद सुवेदि बताउछन् । फरक फरक पसलमा फरक फरक मुल्य रहँदा उपभोक्तालाई असजीलो भएको हुनाले उपभोक्ताको हितमा र व्यवसायीहरुलाई पनि विक्रिवितरण गर्न सजिलो होस् भनेर जिल्लामै पहिलो पटक मुल्यमा एकरुपताको निर्णय हामिले लागुगरेका हौँ उद्योग वाणिज्य संघका बरिष्ट उपाध्यक्ष राजेशजंग कार्की बताउछन् ।

    शनिवार बेलवारी उद्योग वाणिज्य संघ बेलवारीले एक विज्ञप्ती जारी गर्दै लकडाउन अवधीमा कुनै पनि उपभोक्ताले महंगोमा दैनिक उपभोग्य खाद्य सामग्रीको खरिद गर्नु नपरोस् भन्दै मुल्यमा एकरुपता ल्याउन बेलवारी नगरपालीका, इलाका प्रहरी कार्यलय र बेलवारी उद्योग वाणिज्य संघको संयुक्त रुपमा भएको बजार अनुगमन बाट निम्न खाद्य वस्तुको निम्न मुल्य निर्धारण गरेको जनाएको छ। साथै खाद्य सामग्रीको जारी गरिएको खाद्य सामग्रीको मुल्य भन्दा बढि कुनै पसलले लिईएको पाईएमा तुरुन्तै उद्योग वाणिज्य संघ अथवा बेलवारी नगरपालीका अथवा प्रहरी कार्यलयमा खवर गरिदिनुहुन हार्दिक अनुरोध गर्दै मुल्य सुचि भन्दा बढि मुल्यमा बेचेको पाईएमा कानुन बमोजीम कार्वाहि हुने जानकारी समेत गराएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…