• बैशाख ६, पथरी ।
    मोरङको पथरी शनिश्चरे वडा नम्वर १० स्थित जिरिखिम्ती पुल नजिक विहानी पख को २ च ३१२१ नम्वरको एम्वुलेन्स चढेर आएका व्याक्ति समपर्कमा आएका छन् ।

     

    झापाको मेचिनगर नगरपालिका वडा नम्वर ६ वस्ने अन्दाजी वर्ष ५५ का देवि प्रसाद श्रेष्ठ अहिले साझमा टेलिफोन सम्पर्कमा आएका हुन ।
    उनि भन्छन्– “म विहान त्याहा बाट केही स्थानियको सहयोगमा ट्रक चढेर घर आईपुगेको छु अहिले घरमा सुरक्षित तवरले वसीरहेको छु ।”
    भारतको राजिवगान्धी क्यानसर अस्पतालमा उपचार गरेर फर्केका नेपालीको साथमा म भरतपुर बाट एम्बुलेन्स चढेर आउदै गर्दा एक्कासी बाटोमा पुनः ति व्यक्ति विरामी परेपछि उहाहरु धरान लाग्नु भयो म घर आए ।

     

    भारतको राजिवगान्धी अस्पतालमा उपचार पश्चात सुनौलिवाट लु १ च ७०८८ नम्वरको एम्बुलेन्स चढेर आएकी नेपाली महिला ताप्लेजुङ जिल्ला ताकेथोप ६ निवासी डोरकलाम शेर्पा रहेको र उनको हाल धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएस्पी दिलिप कुमार गिरीले बताउनु भएको छ ।

     

    उहाले सम्वधित निकायमा वुझेर मात्र सामाजिक संजालमा पोष्ट गर्न साथै अफवाह नफैलाउन अनुरोध गर्नुभएको छ ।
    सम्वधित व्याक्ति भरतपुर बाट गोदार थापा स्मिृति प्रतिष्ठान विराटनगरको एम्बुलेन्स चढेर आएको पुष्टि भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…