बेलवारी, बैशाख ६
कोरोना संक्रमण बढ्न नदिन सरकारले घोषणा गरेको लकडाउनको समयमा कोहि भोकै बस्नु नपरोस् भनेर दैनिक ज्यालादारी मजदुरी गर्ने बेलवारी ११ लक्ष्मीमार्गका १० परिवारलाई युवा समाजसेवी विवस राईले खाद्यान्न राहत स्वरुप सहयोग गरेका छन् ।
विवसले व्यक्तिगत रुपमा सनिवार १० घर परिवारलाई २५ केजी चामल, १ लिटर तेल, दाल १केजी ५०० ग्राम, नुन १ केजी र सोयाविन २५० ग्रामका दरले अत्यावश्यक खाद्य सामाग्री वितरण गरेको स्थानीय नवीन घिमिरेले ले जानकारी दिए । विवसले यश अघि पनि अन्य थुप्रै सामाजीक कार्यहरुमा पनि व्यक्तिगत सहयोग गर्दै आईरहेको घिमिरे बताउछन् ।