• दीप खादी लिम्बू।

    क्वालालम्पुर,बैशाख-६

    ट्र्स्ट इन्टल ओभरसिस प्राइभेट लिमिटेड सामाखुसी काठमाडौं बाट सुरक्षागार्डको रोजगारीका लागि मलेशिया आएका १९ जना मजदुरहरु तलब नपाएपछी अलपत्र परेका छन।भ्यालिएन्ट फोर्स ( valiant force ) नामक सेक्युरिटी कम्पनीमा सुरक्षागार्ड कामका लागी भनेर मलेशियाको मलका शहरमा गत फाल्गुन १० गते मलेशिया आइपुगेका नेपाली मजदुरहरु काम र दामको टुंगो नभएपछि बिचल्लिमा परेका हुन।सुरुमा आउदा पैसा कमाउने हर्षले मलेशिया आइपुगे तर अहिले आफुहरु लाई घर फर्किन पाए र ज्यान जोगाउन पाए हुन्थ्यो भन्ने लाग्छ।

    मलेसिया आएको दुई महिना भन्दा बढि हुनलाग्यो तर अहिलेसम्म पनि रोजगारदाता कम्पनीले काम दिइएको छैन।बस्न सुत्नको लागि समेत सुरक्षित छैन,अनकन्टर जंगलमा सानो झुपडीमा राखेको छ।दिन बिराउदै काम दिन्थ्यो,त्यही तलब माग्दा कहिलेकाही आर.एम-१०० खानाको लागि भनेर दिन्छ। त्यो पनि वेलामा दिदैन राशन किन्न समस्या पर्ने एक मजदुरले मालिकले फेरि कुटपिट गर्ने डरले परिचय गोप्य राख्ने सर्तमा बताए।

    बिचल्लीमा परेका उनिहरुले दुखेसो पोख्दै भने " हामी १९ जनाको समुहमा आएका थियौं , १९ जना मध्य दुई जनालाई यहाँ आउने बितिक्कै सुपरमार्केटमा काम गर्न लगाईयो,तर उनिहरुलाइ अहिनाभरी काम गरेको जम्मा ५०० रिंगेट(नेरु-१३७५०) दिइयो। अन्य ७ जनालाई कम्पनी मालिक "दतोक श्री जमाल सेख" ले आफ्नो घरमै राखेर यातना दिदै ज्यादती गरिरहेको बताए ।

    कम्पनी मालिक सङ कामको बारे केहि कुरा गर्यो भने धेरै ठूलो कुरा नगर नत्र कुट्छु , मैले तिमिहरु सबैलाई किनेर ल्याएका हो, जे पनि गर्नसक्छु,भनेर धम्किको भाषाले बोल्ने गरेको रातोकल सम्बादाता लाई टेलीफोन सम्पर्कमा भने,राम्रो कमाई हुने भन्दै एजेन्टले प्रतिव्यक्ति रु,१ लाख २० हजारको दरले रकम बुझेको तर लागत शुल्क बापत पाउनुपर्ने रसिद माग्दा नेपाल सरकारले निशुल्क पठाको आफुहरुले कुनै रकम म्यानपावर लाई नबुझाएको भनेर ढाट्नु भनेर म्यानपावरका संचालक बिजय श्रेष्ठले आफुहरु लाई सिकाएर पठाएको बताए।

    नेपाल र मलेसियाबिच भएको नयाँ श्रम सम्झौता पत्र अनुसार मलेशिया रोजगारी शून्य लागतमा भनिरहेकै बेला मलेसिया स्थित नेपाली दूतावासलेनै भिसा प्रमाणिकरण गर्ने कार्यगरिरहेको छ । तर यश बिचमै मलेसियामा काम गर्न आउने नेपाली कामदारहरु अलपत्र पर्ने अवस्था दिनदहाडै एकपछि अर्को सार्बजनिक हुदै गर्दा नेपाली राजदूतावासको कार्यशैली प्रती पनि गम्भीर प्रश्न तेर्सिएको छ।यश बिषय नेपाली राजदुताबासका एक कर्मचारी सङ बुझ्दा यो बारे आफुहरु कहाँ जानकारी नभएको तर सम्बन्धित रोजगारदाता कम्पनी सङ बुझ्ने बताएका छन।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…