बैशाख ६, पथरी ।
मोरङको विराटनगर स्थित कोशी अस्पतालमा शनिवार गरिएको परिक्षण बाट एक जना व्याक्तिमा कोरोना पोजेटिभ पुष्टि भएको छ ।
यो सगै नेपालमा औपचारिक रुपमा कोरोना संक्रमितको संख्या ३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिवार मोरङको विराटनगरमा भेटिएका कोरोना संक्रमित विराटनगरका ६५ वर्षीय पुरुष व्याक्ति रहेको बताइएको छ ।
उनलाई हिजो उदयपुरको गाइघाट बाट मोरङ ल्याएर मिक्लाजुङको टाडीमा क्वारेनटाइनमा राखिएको थियो ।
उनको स्वब परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको कोशी कोरोना अस्पतालका प्रवक्ता डा. लक्ष्मी नारायण यादवले जानकारी दिनुभयो ।
हाल संक्रमित व्याक्ति टाँडीको क्वारेनटाइनमा रहेको र अस्पताल ल्याउने तयारी गरिदै गरेको डा. यादवले बताउनु भयो ।