•  

    वैशाख ७, काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर १ लाख ६० हजार बढीको मृत्यु भएको छ ।

    गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट आज बिहानसम्म १ लाख ६० हजार ७ सय ७६ को मृत्यु भइसकेको छ । संक्रमितको संख्या २३ लाख ३० हजारभन्दा बढी पुग्दा ५ लाख ९६ हजारभन्दा बढी निको भएका छन् ।

    पछिल्ला दिनमा कोभिड-१९ को इपीसेन्टर बनेको अमेरिकामा एकैदिन शनिबार १ हजार ८५७ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ३९ हजार ११ पुगेको छ । अमेरिकामा एकैदिन २८ हजार ९६२ बढीमा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ७ लाख ३८ हजार ६९७ पुगेको छ । संक्रमितमध्ये ६८ जार २६९ जना उपचारपछि निको भएका छन् ।

    अमेरिकापछि सबै भन्दा बढी इटालीमा २३ हजार २ सय २२ जनाको मृत्यु भएको छ । यस्तै स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ। फ्रान्समा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ हजार भन्दा बढी छ । त्यस्तै बेलायतमा १६ हजार बढी मानिसले ज्यान गुमाइसकेका छन् ।

    भारतमा पछिल्लो २४ घण्टामा ३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५२१ पुगेको छ । भारतमा एकैदिन १ हजार ३७० जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १५ हजार ७२२ पुगेको छ । भारतमा संक्रमितमध्ये २ हजार ४६३ जना उपचारपछि निको भएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…