•  

    रौतहट, ७ वैशाख (रासस) :
    मकै, मुसुुरो र गँहुुबाली भित्र्याउने बेलामा आएको प्राकृतिक प्रकोपले किसानको ढाड नै भाँचिएको छ । जिल्लाका विभिन्न स्थानमा व्यावसायिक केराखेती, तरकारी खेती, मेवाखेतीमा हालैको हावाहुुरी असिनाले ठूलो क्षति पुगेको छ । अर्कातिर कोरोना भाइरस परीक्षण गर्न पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) मेशिनको सुविधा छैन ।

     

    जिल्लामा स्वाब थ्रोट जाँच गर्न वीरगञ्ज तथा प्रादेशिक अस्पताल जनकपुरसम्म जानुुपर्दा कठिनाइ हुँदै आएको छ ।

    हावाहुुरी र असिनाले पीडित किसानलाई तत्काल राहत तथा क्षति पूर्ति दिन र प्रदेशको प्रत्येक जिल्लामा कोरोना जाँच गर्ने पिसीआर मेसिन राख्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं २ का अध्यक्ष तथा सङ्घीय सांसद प्रभुु साहले पहल गर्नुभएको छ ।

    जिल्लाको निर्वाचन क्षेत्र नं ३ अन्तर्गतको मावि कटहरियास्थित क्वारेन्टाइनको स्थलगत निरीक्षणपछि उहाँले उक्त माग गर्नुभएको हो । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको शङ्कास्पद बिरामीलाई दुई हप्ता राखेर प्राथमिक उपचार गर्न कटहरिया नगरपालिकाद्वारा निर्माण गरिएको २०० सय श्ययाको क्वारेन्टाइनमा ६९ शङ्कास्पद बिरामी छन् ।

    क्वारेन्टाइनको निरीक्षणका क्रममा उहाँले त्यहाँ खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा बिरामीलाई समेत भेट्नुभएको थियो । सो क्रममा प्रत्येक हप्तामा क्वारेन्टाइनको भित्र बाहिर गर्दा स्यानिटाइजर प्रयोग गर्ने र बिरामी बसेको प्रत्येक कोठामा आवश्यकतानुसार दुईदेखि तीन वटा सिलिङ पङ्खा राख्न साहले नगरप्रमुख सीयाराम कुश्वाहालाई निर्देशन दिनुभयो ।

    भएकाले प्रदेश नं २ सरकारले प्रत्येक जिल्ला सदरमुकाममा कोरोना जाँच गर्ने पिसीआर मेसिन राख्न सांसद साहले माग गर्नुभएको छ भने भीषण हावाहुरी र असिनापानीले पीडित गरिब एवं किसानलाई राहत तथा क्षतिपूर्ति दिन पनि सरकारसँग आग्रह गर्नुभएको छ । हावाहुुरीले गरिबका झुपडी र घरको छाना गोठसमेत उडाएकाले तिनै तहको सरकार मिलेर राहतको विषेश प्याकेज ल्याउन सांसद साहले माग गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँसँगै प्रदेश सांसद कुन्दन कुशवाहा, कटहरियाका नगरप्रमुख सीयाराम कुशवाहालगायतको सहभागिता थियो ।
    –––

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…