• पुष्कर खड्का
    रामेछाप – विश्वव्यापी रुपमा फैलिएको नोवल कोरोना भाइरस (COVID-19) संक्रमण रोकथाम तथा नियन्त्रणकाल लागि सरकारले लकडाउन गरेको अाज २७ दिन पुगेको छ । अहिले नेपालमा संक्रमित सङ्ख्या ३१ र निको भएको सङ्ख्या २ पुगेको छ ।

    नेपालमा लकडाउन लम्बिदै गर्दा रामेछापको लिखु तामाकोसी गाउँपालिकाले आफ्ना पालिकाका नागरिकहरुको उद्दार गर्ने भएको छ । लकडाउनको समयमा गाउँपालिका भन्दा बाहिर रहेका, घर आउन चाहेर बाटामा तथा उद्योग कलाकारखानामा अलपत्र परेका आफ्नो गाउँपालिकाका नागरिकहरुलाई लिखु तामाकोसी गाउँपालिकाले उद्धार गर्ने भएको हो ।

    पछिल्लो समय थप गरिएको लकडानका कारण जिल्ला बाहिरवाट रामेछाप भित्रीने नागरिकहरुको संख्यामा समेत बृद्धि भएको छ । पछिल्लो समय देशका विभिन्न स्थानहरुमा नागरिकहरुले खान नपाएको, बाटोमा अलपत्र परेको समाचारहरु सञ्चार माध्यममा प्रकाशन प्रसारण हुन थालेका छन् । नेपालमा कोरोना भाईरस संक्रमितहरुको संख्या बढ्दै जादा लकडाउनलाई सरकारले कडाई गरेको छ ।

    लकडाउनको कडाईका हुदै जादा नागरिकहरु खाना नपाएर बाटाबाटामा नै अलपत्र भएको समाचारहरु सार्वजनिक भैरहेका छन् सोही अवस्था लिखु तामाकोसी गाउँपालिकाले भने त्यस्ता नागरिकहरुलाई पालिकाले उद्दार गर्ने गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्काले काठमाण्डौँ लगायत देशका विभिन्न ठाउँमा अलपत्रमा परेका नागरीकहरुलाई ९८४३५६६६६६ र ९८५१०३५७८० नम्बरमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…