• दमक/ राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापा जिल्ला शाखाले लकडाउनको समयमा गम्भिर हुन सम्बन्धित सबैपक्षलाई अपिल गरेको छ ।
    प्रतिष्ठानले शनिवार एक विज्ञप्ति जारी गर्दै विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणले लाखौ मानिसहरुले ज्यान गुमाईसकेको र यसले अनेकौ अकल्पनिय समस्याहरु उब्जाईरहेको विश्लेषण गरेको छ ।

     

    “विदेशमा अहिले अलपत्र रहेका व्यक्तिहरु खुल्ला सिमाना रहेको झापा जिल्लामा लुकिछिपी भित्रने क्रम जारी रहेकोले त्यसमा कडाई गर्न आग्रह गरिएको छ” विज्ञप्तिमा भनिएको छ । त्यसैगरी निम्न वर्गका मानिसहरु शहरको महंगी थेग्न नसकेर लामो दूरी पैदल हिडि घर फर्कने गरेकोले त्यसलाई व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

     

    साथै विज्ञप्तिमा लक्षित वर्गले राहत नपाएको भन्ने गुनासो पनि आइरहेकोे हुनाले सो को समेत व्यवस्थापन गर्दै सामाजिक दुरी कायम गर्ने विषयमा गम्भिर हुन संघीय, प्रदेश र स्थानीय सरकारसमक्ष राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापा सम्बन्धित सबै पक्षलाई अपिल गर्दछ भनिएको छ ।

     

    कोरोना संक्रमण फैलिने क्रम जारी रहेको अवस्थामा घरमै बसी संक्रमणबाट बच्न आम नेपालीहरुमा प्रतिष्ठानले विज्ञप्ति मार्फत अनुरोध समेत गरेको छ ।

    विज्ञप्तिमा प्रतिष्ठानका अध्यक्ष डा. नविन चापागाई, वरिष्ठ उपाध्यक्ष धनन्जय बास्कोटा र सचिव नविन योगीको हस्ताक्षर रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…