• धनुषा,१३ माघ । धनुषा र सिरहाको सिमामा पर्ने कमला पुल नजिक भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

    काठमाण्डौबाट झापातर्फ गइरहेको टाटा–सुमो आज बिहान साढे २ बजेतिर पल्टिएर पोखरीमा डुब्दा घटनास्थलमै ६ जनाको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार  मृत्यु भएकामा पाँचथरकी प्रनिता राई, विराटनगर –४ की शारदा रेग्मी दाहाल, संखुवासभा ९ नयाँटोलका नवराज गिरी, मोरङ लेटाङ ८ का खेम रानामगर र जाते ५ का प्रल्हाद न्यौपाने र खोटाङ निरपानेडाँडाका याम बहादुर चौहान  रहेको प्रहरीले जनाएको छ । सुमोमा सवार  ११ यात्रु थिए ।

    पाँचथरमा जीप खस्दा २ जनाको ज्यान गयो

    त्यसैगरी, पाँचथरको याङ्वरक गाउँपालिका–३ मा गएराति ११ बजे जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । पाँचथरकै बारिबुङ्गबाट योयाङ्ग बजारतर्फ यात्रु लिएर जाँदै गरेको ग १ ज ६० ८५ नम्बरको जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खस्दा ६ जना यात्रु घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको जानकारी अनुसार, दुर्घटनामा याङ्वरक गाउपालिका–३ का १९ वर्षीय प्रवेश योङ्या र १६ वर्षीय सन्दीप योङयाको मृत्यु भएको छ ।

    दुर्घटनामा घाइते ६ जनालाई उपचारका लागि झापा पठाइएको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…