• आजको दिनमा सामाजिक सञ्जाल निकै शक्तिशाली माध्यम मानिन्छ । सामाजिक सञ्जालका प्रयोग कर्ताहरु पनि प्रत्येक दिन बढिरहेका छन् । उनीहरु आफूले गर्दैछु, कस्तो महसुस गरिरहेको छु के कुराले समस्या दिइरहेको छ भन्ने कुरा तत्काल सामाजिक सञ्जालको माध्यमबाट बाहिर ल्याउने गर्छन् ।  तर सामाजिक सञ्जालको आवश्यकता भन्दा बढी प्रयोगले कैयाँै समस्या पनि उत्पन्न गराउने गरेको छ । भलै संवादको माध्यम भएकाले यसका बारेमा ठोस अध्ययन निकै कम भएका छन् भने हल्ला बढी हुने गर्छन् । मानिसहरु सामाजिक सञ्जालको लत बसेको बताउने गर्छन् । सामाजिक सञ्जालको अत्यधिक प्रयोगले के हुन्छ ?  प्रश्न उठ्ने गर्छ, सामाजिक सञ्जालमा कति समय बिताउनु उपयुक्त हुन्छ ? र कुन हदसम्म पार गर्नाले यसको तलमा परिन्छ ? यसका विषयमा अध्ययन समेत शुरु भएका छन् । तर यसबाट समेत ठोस परिणामसम्म पुग्न सकिदैन । हालसम्म सामाजिक सञ्जाल प्रयोगका बारेमा जे जति अध्यन भए यसबाट एउटा कुरा प्रष्ट छ सामाजिक सञ्जाको अत्यधिक प्रयोग गर्ने मानिस मानसिक रोगको शिकार बनिरहेका छन् । कुनै पनि कुराको नशा बस्नुले त्यसमा आवश्यकता भन्दा धेरै चासोलाई मात्र दर्शाउदैन बरु नशा लाग्नुको अर्थ मानिसहरु आफ्नो मानिक तथा आवश्यकताका लागि त्यसमाथि निर्भर हुन थाल्छ । उनीहरु आफ्नो वास्तविक दुनियामा रहेका सम्बन्धलाई वेवास्ता गर्न थाल्छन् । दैनिक जीवनर कामकाबीचमा हुने तालमेलमा समेत गडबडी देखिन थाल्छ । सामाजिक सञ्जालको नशा ठिक त्यस्तै हुन्छ, जसरी मानिसलाई मदीरा वा लागुपदार्थको नशा बस्ने गर्छ । जस्तो मानिस सामान्य तनावमा आउँदा पनि मदीरा सेवन गर्ने वा चुरोट पिउने गर्छ त्यस्तै लत सामाजिक सञ्जालको प्रयोगमा पनि देखिन्छ । बीबीसीको एउटा अध्ययनबाट के पाइएको छ भने यदि कुनै व्यक्ति दुई घण्टा वा त्यसभन्दा बढी सामाजिक सञ्जालमा बिताउँछ भने त्यो व्यक्ति पछि गएर डिप्रेशनको सिकार हुन्छ । उसले आफूलाई अकेलोपन महसुस गर्न थाल्छ । सामाजिक सञ्जालमा निरन्तर लागिरहँदा हाम्रो स्वाथ्यमा निकै नराम्रो असर पर्छ । राती ढिलासम्म फेसबुक वा ट्वीटर चलाएर बस्नाले नित्रामा नराम्रोसँग असर गर्छ ।  मोबाइल वा कम्प्युटरको स्क्रीनबाट निस्कने निलो रोसनीले हाम्रो शरीरमा उत्पन्न हुने मोलाटोनिनमा असर गर्छ । मोलाटोनिनले निद्रा लाग्न मद्दत गर्छ । यसको उत्पादनमा रोकावटका कारण हामीलाई निद्रा नलाग्ने समस्या उत्पन्न हुन्छ । ठिकसँग निद्रा पुरा नहुँदा अन्य कैयाँै समस्या उत्पन्न हुन थाल्छन् । लण्डनको सेन्ट थोमस अस्पतालका डाक्टर चाल्र्स टियक भन्छन्, यदी बेडरुपममा मोबाइल वा ल्यापटप छ भने सामान्यतया मानिस त्यसको प्रयोग गर्छन् । परिणाम निदसँग सम्झौता गर्नुपर्छ । यसबाट विशेषगरी युवाहरु प्रभावित भइरहेका छन् । सबैभन्दा बढी सामाजिक सञ्जाल कसले प्रयोग गर्छ ?  एक अध्ययनका अनुसार धेरैजसो युवा, महिला वा एकल मानिसहरु सामाजिक सञ्जालको बढी प्रयोग गर्छन् । यसको अत्यधिक प्रयोगले कम तालीम, कम आम्दानी र आफैमाथि विश्वासको कमि हुन थाल्छ । मानिसहरु आफ्नो खराब मुडलाई ठिक बनाउन सामाजिक सञ्जालमा जान्छन्, तर अध्ययन के बताउँछ भने सामाजिक सञ्जालबाट पनि राहत मिल्दैन बरु उल्टै समस्या थपिन्छ । लण्डनका मनोवैज्ञानिक डाक्टर जोन गोल्डिन भन्छन, भर्चुअल दुनियमा त्यस्ता मानिसहरु त्यस्ता मानिसलाई साथी बनाउँछन्, जो वास्तविक जीवनमा निकै एकल हुन्छन् । भर्चुअल साथीहरु कामका हुनसक्छन् तर उनीहरु वास्तविक जीवनका साथीको विकल्प भने हुन सक्दैनन् । यस कारण डाक्टर गोल्डिन सल्लाह दिन्छन्, मानिसहरुले घरबाट बाहिर निस्किएर वास्तविक दुनियामा मानिसहरुसँग भेटघाट गर्नुपर्छ । डिप्रेशनको कारण बनिरहेको छ सामाजिक सञ्जाल पूर्वी युरोपियन मुलुक हंगेरीमा सामाजिक सञ्जाल एडिक्शन स्केल मापन गर्न सुरु गरिएको छ । यसको माध्यमबाट सामाजिक सञ्जालमा कसलाई कति लत बसेको छ भन्ने पत्ता लगाउन सकिन्छ ।  यसको माध्यमबाट हंगेरीमा ४.५ प्रतिशत मानिसमा सामाजिक सञ्जालको लत परेको पाइएको छ । यस्तो मानिसमा आत्मविश्वासको कमि देखिन्छ । यस्ता मानिस डिप्र्रेशनको शिकार हुने गरेका छन् । यस्ता मानिसलाई स्कुल कलेजमा सामाजिक सञ्जाल डिएडिक्सन क्लास लिएर उपचार गराउन सल्लाह दिइएको छ । सामाजिक सञ्जालको आवश्यकता भन्दा बढी प्रयोगले हामीलाई निकै बिरामी बनाउन सक्छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…