• ललितपुर – ललितपुरको फर्सिडोलदेखि लगभग १० किलोमिटर टाढा खोलाखेतमा श्रीमान–श्रीमतीबीच ‘सेक्स लफडा’ हुँदा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।

    गोदावरी नगरपालिका–८  बस्ने मेनुका रायमाझीले बिहीबार राती श्रीमान सानुभाई रायमाझीको हत्या गरेकी हुन् ।

    महानगरीय प्रहरी परिसर लतिलपुरका एसएसपी गणेश ऐरले हत्यामा संलग्न भएको आशंकामा मेनुकालाई नियन्त्रणमा लिएको जानकारी दिए । उनले भने, ‘घट्नामा संलग्न मेनुका रायमाझीलाई नियन्त्रणमा लिएका छौं, अरु अनुसन्धान हुँदैछ ।’

    प्रहरी स्रोतका अनुसार बिहीबार राती करिब ३ बजेतिर मेनुकाले घाँटीमा डोरीले कसेर सानुभाईको हत्या गरेकी थिइन् । प्रहरीले बिहान ५ बजे सुचना पाएसँगै मेनुकालाई नियन्त्रणमा लिएको थियो । सानुभाईको शव पोष्टमार्टमका लागी टिचिङ अस्पताल पठाइएको प्रहरी निरीक्षक शंकर चौधरीले बताए ।

    सानुभाई केही समयअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रली ठेल्ने काम गर्थे । पछि वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक पुगेर भर्खरै नेपाल फर्किएका थिए । सानुभाई निकट स्रोतका अनुसार विदेशबाट फर्केपछी श्रीमती अर्कैसँग लागेको भन्दै उनले आफ्ना साथिभाईसँग कुरा गर्न थालेका थिए ।

    यहि विषयमा उनीहरुको झगडा भईरहन्थ्यो । सानुभाईको एक साथीका अनुसार विदेशबाट फर्किएपछि सानुभाईले श्रीमतीलाई ‘मुख मैथुन’ र ‘गुदा मैथुन’ गर्न बाध्य पारेका थिए । बिहीबार राती पनि झगडा परेपछि सानुभाई आफैंले डोरी ल्याएर घाँटीमा लगाएका थिए । श्रीमतीले डोरी तान्ने क्रममा उनको मृत्यु हुन पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ ।रातोपाटीमा समाचार छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…