• उर्लाबारी/सेवाभावबाट प्रेरित भएर उर्लाबारी मंगलबारेका चार जना युवाहरुले विद्यार्थीहरुलाई सहयोग गरेका छन् । उनीहरुले उर्लाबारी–१ लक्ष्मीझारमा रहेको लक्ष्मी आधारभूत विद्यालयका ६० जना विद्यार्थीहरुलाई सहयोग गरेका हुन् ।

    मंगलबारे क्षेत्रमा व्यवसायिक एवं सामाजिक कार्यहरुमा संलग्न हुदै आएका हरि धिमाल,हरि नेपाली,राजकुमार भण्डारी र टिकाराज भण्डारीले उक्त विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको हो ।



    ‘विद्यालयमा विपन्न समुदायका विद्यार्थीहरुको संख्या धेरै थियो ।’ दाता हरि धिमालले भने–‘कठ्याङग्रिदो जाडोमा स्वीटर नलगाई विद्यार्थीहरु विद्यालयमा आएको थाहा पाएपछि सहयोग गरेका हौँ ।’
    स्वीटर वितरण कार्यक्रममा सहयोगी मनका धनी हरि नेपालीले विद्यालयका दुई जना विद्यार्थीहरुलाई चप्पल किनिदिए । आर्थिक अवस्था नाजूक भएपछि कक्षा १का विपुल धिमाल र कसिसा धिमाल चप्पल नलगाई विद्यालय आउने गरेका थिए । उनीहरुको अवस्था नाजूक भएपछि नेपालीले चप्पल किनिदिएका थिए । सोही कार्यक्रममा विपुल धिमाललाई सहयोगी हरि नेपालीले विद्यालय पोशाक किन्नका लागि नगद सहयोग गरे ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जगत श्रेष्ठ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन कर्ण,शिक्षक रमेश श्रेष्ठ,अस्थायी प्रहरी चौकी मंगलबारेका प्रहरी हवल्दार जगशदीश राजवंशी लगायतको उपस्थिती थियो ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…