काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले चिकित्सकसँग स्पष्टिकरण सोधिएकोमा असन्तुष्टि जनाएको छन् । उनले सामाजिक सञ्जालमार्फत सरकारले कटको समयमा स्वास्थ्यकर्मीको मनोबल बढाउने कार्य गर्नुपर्ने बताउँदै असन्तुष्टि पोखेका हुन् ।
उनले समाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘स्वास्थ्य संकटको यस विकट घडीमा अग्रपंक्तिमा रहेर हरदम नागरिकको सेवामा जुटेका विशेषज्ञ डाक्टरहरु वा अन्य सहयोगी स्वास्थ्यकर्मीको मनोबल उच्च राख्ने कार्य राज्यबाट हुनु अति आवश्यक छ । न कि कुनै बहानामा मनोबल गिराउने काम । यसको नकारात्मक असर साधारण नागरिककले भोग्नु पर्ने हुनसक्छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनमाथि स्पष्टिकरण माग्दै पत्र पठाएको थियो ।