• विराटनगर, ७ वैशाख (रासस)
    –मोहम्मद सदरुल
    कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी(लकडाउन) जारी रहँदा गरीब, विपन्न परिवार मात्र होइन सीपलाई पेशा बनाउने व्यवसायि पनि समस्यामा पर्न थालेका छन् । लकडाउनको आज २६ औँदिन पुगेको छ ।

    सीपलाई पेशा बनाइ घर भाडामा लिइ व्यावसाय सञ्चालन गर्नेहरु दैनिक आय गर्नबाट वञ्चित हुनुपर्दा परिवार पाल्न र घर धनीलाई भाडा बुझाउनु पर्ने कारणले उनीहरु समस्यामा परेका हुन् ।

    विराटनगर महानगरपालिकामा भित्र २०० भन्दा वढी कपाल दाह्री काट्ने सैलुन रहेका बताइको छ । अधिकांश लकडाउनका कारण बन्द छन् । सैलुन सञ्चालकहरु ‘घर भाडा कसरी तिर्ने’ भन्ने चिन्तामा छट्पटिन थालेका यहाँस्थित जनपथका मेकप हेयर ड्रेसर सैलुनका सञ्चालक शिवशङ्कर ठाकुरले जानकारी दिनुभयो । उहाँले सामान्य अवस्थामा दैनिक आर्जन गरेको रकमबाट घर भाडा बुझाएर आफ्नो परिवारको दैनिक गुजरा चलिरहेको र अब कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ता लागेको बताउनुभयो ।

    स्टार सैलुनका सञ्चालक राजेश ठाकुरले आफूले मासिक रुपमा रु.१० हजार घरभाडा लिएर सैलुन सञ्चालन गर्दै हुँदा बन्दाबन्दीको समयमा घर भाडा नलिइदिन घरधनिसंँग आग्रह गर्नुभयो । यहाँका सैलुनसञ्चालकहरुले रु.५ हजारदेखि रु.२५ हजार सम्म घर भाडा तिर्ने गरेका बताइएको छ । उनीहरुले कपाल काटेको रु.८०, दाह्री काटेको रु.५०, मालिस गराएको रु.१५०, अन्य फेस मसाज, कपाल कलर र फेसियल गरे बापत ग्राहक हेरी हेरी रकम लिने गरेको बताउँछन ।

    पुरुष सैलुन मात्र नभएर महिलाहरुको लागि पनि सञ्चालन गरिएको ब्युटिपार्लर पनि बन्द छन् । ब्युटिपार्लरमा प्रायः महिला एवं युवतीहरु जाने उनीहरु आफ्ना सौन्दर्यतामा हजारौँ खर्च गरिरहेको कम ठप्प हुनुले ब्युटिपार्लर सञ्चालिकाहरु पनि चिन्तामा रहेका छन् । ती व्यावसायीहरु खास गरी घर भाडा तिर्न समस्या रहेको र लकडाउन अवधिभरको घर धनीले बहाल नलिन आग्रह गरेका छन् ।

    कपाल र दाह्री सैलुनमा काट्नेबानी लागेका मानिसहरुले पनि अहिले दाह्री त घरमै काटेको पाइन्छ । ‘कुन सैलुन खुल्ला छन्’ खोज्दै हिड्ने गरेको स्थानीय टीका कार्कीले बताउनुभयो । स्थानीय विजया दाहालले ब्युटिपार्लरमा जान नपाएर समस्यामा परेको , आफू कहिले लकडाउन खुल्छन र ब्यटिपार्लर जान्छु पर्खेर बसेको बताउनुहुन्छ ।

    मेकअप हेयर ड्रेसर सैलुनमा कपाल र दाह्री कटाउन पुग्नु भएका शारीरिक सुगठनका अन्तराष्ट्रिय निर्णायक(जज) एवं कलाकार पुष्प श्रेष्ठले लामो कपाल देखाउँदै भन्नुभयो, “लकडाउन छ । सामाजिक दूरी कायम गर्न सरकारले भनेको छ । के गर्नु कपाल पनि नकाटि भएको छैन ।”

    विराटनगर, ७ वैशाख (रासस)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…