• गाईघाट,वैशाख ७ गते । उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जितमा लुकिछिपि बसेका १६ जना मध्ये १२ जना भारतीयसहित १३ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीले संक्रमितहरुको ट्राभल हिस्ट्रि तयारी गरिरहेको छ ।

     

    प्रारम्भिक ट्राभल हिस्ट्री अनुसार संक्रमितहरुको समूह मोरङ्ग, सुनसरी, सप्तरी र उदयपुका बिभिन्न मस्जितहरूमा चार महिना बढी बिताएको पाईएको छ । त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिद आसपासमा रहेका इस्लाम समुदायका ५३ परिवारका करिव छ सय जनसंख्याको नमुना परिक्षण गर्ने क्रममा शनिवार पहिलो चरणमा ६९ जनाको स्वाव सङकलन गरिएको स्वास्थ्यकार्यालय गाईघाटले जनाएको छ ।

     

    भारतबाट आएकाहरूकाे ट्रेनको टिकट, अन्य कागजपत्र र बयानका आधारमा प्रहरीले बनाएको प्रारम्भिक ट्राभल हिस्ट्री अनुसार १२ जना भारतीयहरु चार महिना अघि बिराटनगर आएको देखिन्छ । गत डिसेम्वर १० अर्थात मङ्सिर २४ गते उहाँहरू दिल्लीबाट रेल मार्फत जोगवनी नाका भएर नेपाल आएको प्रारम्भिक अध्ययनले देखाएको प्रहरीले जनाएको छ ।

     

    मङसिर २५ गते बिराटनगरको रानीस्थित मस्जिदमा आईपुगेका ती संक्रमितहरु करिव चार हप्तासम्म त्यहि बसेको र अन्य अरु मस्जिदमासमेत गरी मोरङ्गमा करिव ३५ दिन बिताएको देखिन्छ । त्यसपछि सुनसरीको दुहवी, भोक्राहालगायतका मस्जिदमा करिव छ हप्ता बसेर सप्तरीको चारओटा मस्जिदमा तिनहप्ता बिताएपछि सप्तरीकै फत्तेपुर हुदै उदयपुरको चौदण्डिगढी नगरपालिका वडा नं ५ सिवाहिस्थित मस्जिदमा फागुनको २५ गते आईपुगेको देखिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताउनुभयो ।

     

    शिवाहीमा सात दिन बसेपछि चैत्र १ गते भुल्के स्थित मस्जिदमा आईपुगेको र ट्राभल हिस्ट्री आएसंगै सप्तरीको सप्तकोशी नगरपालिकाका तीनवटा मस्जिद तथा कञ्चपुर नगरनगरपालिको बरमझिया स्थित मस्जिद क्षेत्रलाई सिलगरी स्थानीयहरुको नमुना परिक्षण गर्ने काम भईरहेको र शनिवार मात्रै ७४ जनाको नमुना सङकलन गरिएको सप्तरी जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुरले बताउनुभयो ।

     

    यसैगरी गत फागुन ३ देखि ५ गतेसम्म मुस्लिम समुदायको धार्मिक सम्मेलन भएको स्थल सप्तरीको बोधेबसाईनमा छुटै नमुना सङ्कलनको व्यवस्था मिलाउने काम भईरहेको र यसका लागि नेपाली सेनासँग सहयोग माग गरिएकोले आजैबाट वर्साइनमा स्वाव संङकलनको छुट्टै केन्द्र सञ्चालनको तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ठाकुरले बताउनुभयो ।

     

    भारतवाट आएको चार महिनाको अवधिमा उहाँहरु भारत फर्किएर पुनः नेपाल आएको नदेखिएपछि कहाँवाट कसरी संक्रमण आयो भन्ने बिषय पेचिलो बनेको छ । उहाहरु गएका सवै मस्जिद र सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरी चाडो भन्दा चाडो नमूना परिक्षण गर्न आवश्यक देखिन्छ ।(गोरखापत्र अनलाइनबाट)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…