वैशाख ७, काठमाडौं । नेपाल आयल निगमले उद्योग सञ्चालन अनुमति लिएर ग्यास उत्पादन नगर्ने ५० उद्योगको अनुमति खारेज गरेको छ । अनुमति लिने तर उद्योग निर्माण र उत्पादन नगर्ने ती उद्योगहरुको अनुमतिपत्र खारेज गरिएको हो ।
२०७१ माघ १४ गतेपछि ५३ ग्यास उद्योगले नयाँ तथा शाखा उद्योग सञ्चालन गर्नेभन्दै अनुमतिपत्र लिएका थिए । तर, यी कम्पनीहरुले उद्योग निर्माण र ग्यास उत्पादन गरेका थिएनन् । निगमले आफूलाई सम्पर्क गर्न आग्रह गर्दा पनि उनीहरु सम्पर्कमा नआएपछि आजदेखि खारेजीमा परेका हुन् ।
३ वटा उद्योगहरु भने निर्माण सम्पन्न गरी पिडिओ प्राप्तिका निगमको सम्पर्कमा आएका छन् । सैपाल ग्यास उद्योग प्रालि कैलाली, सगरमाथा ग्यास इन्डस्ट्रिज प्राली नवलपरासी र सिता ग्यास उद्योग प्रालि धादिङलाई मात्रै पिडिओ जारी गरिएको निगमले जनाएको छ ।
यी हुन् अनुमतिपत्र खारेज गरिएका ग्यास कम्पनी :-