•  २०७७ बैशाख ८ सोमबार |

    अमेरिकाले चीनलाई फेरि चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पले कोरोना भाइरस महामारीका लागि चीन जिम्मेवार देखिए उसले त्यसको परिणाम भोग्नुपर्ने भन्दै चेतावनी दिएका हुन् ।

    नियमित पत्रकार सम्मेलनमा शनिबार ट्रम्पले भने, ‘यदी त्यो गल्ती थियो, त्यो गल्ती हो । तर, उनीहरू यसबारेमा जानकार थिए भने त्यसको परिणाम भोग्नुपर्नेछ’ ।

    कोरोना भाइरसको महामारी ‘भूलवश’ नियन्त्रण बाहिर गएको थियो वा जानाजान गरिएको थियो’ भन्ने अहिलेको मूल प्रश्न रहेको उनको भनाइ छ ।

    अमेरिकी टेलिभिजन फक्स न्यूजले यसै साता चीनले भाइरसको क्षमता र त्यससँग लड्नसक्ने आफ्नो क्षमता परीक्षण गर्न भाइरस फैलाएको रिपोर्ट प्रसारण गरेको सन्दर्भलाई लिएर ट्रम्पले यस्तो बताएका हुन् ।

    आफूहरु कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलाइएको होरहोइन भन्ने विषयको खोजी लागेको पनि ट्रम्पले बताए ।

    बेलायतले चीनले कोरोना भाइरससम्बन्धी ‘कडा प्रश्नहरूको सामना गर्नुपर्ने’ बताएलगत्तै ट्रम्पले पनि उस्तै आशयको धारणा सार्वजनिक गरेका हुन् ।

    कोरोना भाइरसका बारेमा पारदर्शी नभएको भन्दै ट्रम्प र उनको प्रशासनले चीनको आलोचना गर्दै आएका छन् । डब्लूएचओसमेत चीनको पक्षपाती भएको भन्दै ट्रम्पले अमेरिकाले दिँदै आएको सहयोग नै रोकिदिएका छन् ।

    कोरोनालाई चिनियाँ भाइरस भन्दै आएका ट्रम्पले बीचमा फेरि भाइरसविरुद्धको चिनियाँ प्रयासको प्रशंसासमेत गरेका थिए । उनले चीनबाटै कोरोनाविरुद्धको स्वास्थ्य सामग्रीसमेत लगिरहेका छन् । अहिले फेरि उनी चीनविरुद्ध आक्रामक देखिएका हुन् ।

    कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु भएकाको संख्यालाई लिएरै पनि ट्रम्पले चिनियाँ गतिबिधि पारदर्शी नभएको भन्दै बारम्बार प्रश्न उठाइरहेका छन् । एजेन्सी

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…