• भद्रपुर, (झापा), ८ बैशाख । झापा प्रहरीले प्रभावकारी ढंगले लकडाउन कार्यान्वयन गराउन र कोरोना संक्रमणबाट नागरिक जोगाउन विभिन्‍न उपाय अपनाउन थालेका छन्‌ ।

    जिल्ला प्रहरी कार्यालय झापाले लकडाउन उल्लङ्घन हुन नदिन सडकमा माइकिङ गर्नेदेखि सार्वजनिक स्थानमा गुडिरहेका सवारीसाधन र हिँडिरहेका मानिसलाई नियन्त्रणमा लिइरहेको छ । पसल अगाडी गोलो घेरा कोर्नु, सडकमै घेरा बनाएर दुई घण्टासम्म तातो घाममै उभ्याउने जस्ता सजाय पनि प्रहरीले दिइरहेको छ ।

    यी सजायसँगै प्रहरीले नागरिकलाई सचेत बनाउन प्लेकार्डमार्फत विभिन्न सचेतनामूलक सन्देशहरू पनि प्रवाह गर्न थालेको छ । अहिले जिल्लाभर खटिएका प्रहरीले सडकबाटै कोरोना सचेतना अङ्कित प्लेकार्ड बनाएर जनतालाई घरमै बस्न आग्रह गरिरहेको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार सडकमा निस्किएका मानिसहरूलाई लकडाउन पालना गर्न/गराउन प्रहरीले हातमा प्लेकार्ड देखाएर आग्रह गरिरहेका छन्‌ ।

    प्रहरीले बोकेको प्लेकार्डमा ‘लकडाउनको पालना गरौँ, घरमै बसी महामारीको सामना गरौँ,’ ‘यो रोग लागे साह्रो छ, दुई सय बढी देशलाई गाह्रो छ,’ ‘नमिठो भए घरकै खाउँ, कोरोना खोज्दै सडकमा नधाऔं,’ ‘लकडाउनको परिपालन नगर्दा कारबाहीको भागीदार हुनुपर्ला,’ ‘सबै सडकमा आए कोरोना फैलँदैन र? तपाइँलाई घरको माया छैन र?’ ‘बाहिर किन तपाई? अहिले घरमा बस्ने समय होइन र?’ ‘तपाई घर भित्रै बस्नुस्, बाहिरी सुरक्षा हामी गर्ने छौँ,’ जस्ता सचेतनामूलक सन्देशहरू लेखिएका छन्‌ ।

    प्रहरी र ट्राफिक प्रहरीले यो अभियान भद्रपुर, बिर्तामोड, अर्जुनधारा, मेचीनगर, दमक, झिलझिले, सुरुङ्गालगायतका जिल्लाभर सुरू गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ‘प्लेकार्ड पढ्ने जो कोही पनि लकडाउन पालना गर्नेतर्फ मोडिन थालिसकेका छन्‌,’ डिएसपी श्रेष्ठले भने, ‘सर्वसाधारणलाई यो अभियानले थप सचेत बनाउने विश्वास लिएको छु।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…