• काठमाडाैं, ८ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार मन्त्रिपरिषदले प्रस्ताव गरेको राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेकी छिन् ।

    यसअघि सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गरेको थियो । राजनीतिक दलसम्बन्धी अहिलेको कानुनमा संशोधन गर्न अध्यादेश ल्याइएको हो ।

    अध्ययादेश अनुसार अब राजनीतिक दल फुटाउन संसदीय दल र पार्टीको केन्द्रीय कमिटीका कम्तीमा ४० प्रतिशत सदस्य आफ्नो पक्षमा हुनुपर्ने अहिलेको प्रावधानमा परिवर्तन गभएको छ ।

    अब दल विभाजनका लागि संसदीय दल वा पार्टीको केन्द्रीय कमिटीमा ४० प्रतिशत सदस्य संख्या भए पुग्ने नयाँ प्रावधान लागू भएको छ ।

    यता सरकारले ल्याएको यो अध्यादेशलाई विभिन्न राजनीतिक दलले ‘बेमौसमको बाजा’ भएको प्रतिक्रिया दिएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…