• देबु बानियाँ
    बाहुण्डाँगी । लकडाउनको सुरुवाती अवस्थामै नारायणगढ जेसीजको साधारणसभा पर्यो । एकातिर लकडाउनको पालना गर्नु पर्ने बाध्यत्मक परिस्थिति अनि अर्काेतिर विधानत शाखाको साधारणसभा अनिवार्य गर्नु पर्ने अवस्था । यो दुइवटै समस्यालाई नारायणगढ जेसीजका अध्यक्ष अनुज जोशीले सहजै समाधान गरे । जसले गर्दा न त लकडाउनको उल्लङघन नै भयो न त साधारणसभा नै रोकियो । प्रविधियुक्त समयलाई उच्चतम प्रयोग गर्दै शाखाले जुम याप्स मार्फत अनलाइनका माध्यमबाट साधारणसभा सम्पन्न गर्यो । जसमा शाखाका पूर्व अध्यक्षहरु, सदस्यहरु, नेपाल जेसीजका अध्यक्ष सिनेटर अशोक शंकर तथा नेपाल जेसीजका पदाधिकारीहरुको सहभागिता रहेको थियो । यो विषम परिस्थितिमा भएको यो अनलाइन साधारणसभाले चौतर्फी प्रशंसा पायो ।

     

    यता नेपाल जेसीजले जेसीजको इतिहासमै पहिलो पटक अनलाइन ट्रेनिङको अवधारण अघि सार्यो । देशभरमा रहेका जेसीज शाखाहरुलाई तालिम उपलब्ध गराउने उदेश्यले साप्ताहिक तालिम सञ्चालन गर्ने निर्णय गरियो । लकडाउनको समयमा नेपाल जेसीजका गतिविधिहरु सञ्चालन गर्न नपाएको यो अवस्थामा यो अनलाइन तालिमले देशभरका शाखामा नयाँ उर्जा दियो । तालिम अन्तर्गत पहिलो चरणमा चार वटै क्षेत्रका शाखा अध्यक्षहरुका लागि हरेक दिन एउटा क्षेत्रलाई लक्षित गरि तालिम सञ्चालन भयो । यसैगरी सबै क्षेत्रका अध्यक्षहरुका लागि अर्काे तालिम सम्पन्न भयो ।

     

    तालिमका लागि नेपाल जेसीजका पूर्व अध्यक्ष सिनेटर श्रीधर बस्याल, नेपाल जेसीजका टे«नरहरु सिनेटर राजबाबु शाह र सिनेटर मिलन गुरुङले सहजीकरण गरे । सात दिन सञ्चालन भएको तालिममा शाहले ५ दिन दिए भने बस्याल र गुरुङले एक÷एक दिन तालिम प्रदान गरे ।
    अनलाइन तालिम लिएपछि शाखा अध्यक्षहरुबाट सकरात्मक सुझावसहित उत्साहित भावनाहरु फेसबुकमा पोष्ट हुन थाले । जसले गर्दा पहिलो तालिमले सफलता पाएको अनुभूति हुन थाल्यो ।

     

    यो संगै देशभरका अन्य शाखाहरुले पनि अनलाइन तालिम धमाधम आयोजना गर्न थाले ।
    यसै सन्दर्भमा पाटन जेसीजले स्थापना वर्षको ५० औँ वर्षगाँठको अवसरमा अनलाइन तालिमलाई प्राथमिकतामा राखेर सञ्चालन गरिरहेको छ । पाटनले अभ्यासका रुपमा पहिलो मल्टि च्याप्टर तालिम सम्पन्न गर्यो । जसमा ४ वटै एरियाका शाखाहरु सहभागिता रहेका थिए । जसको प्रशिक्षकका रुपमा पूर्व इभिपि तथा ट्रेनर कैलाश खाकी रहेका थिए । तालिममा ७३ जनाको सहभागिता रहेको थियो । पाटनलाई यो अनलाइन तालिमले यतिमा मात्र समिति राखेन । जसले जेसीआइका अन्तराष्ट्रिय अध्यक्षलाई नै सहभागि गराउने पहिलो मौका समेत प्राप्त गर्यो ।

     

    जेसीआईका अध्यक्ष इटाइ म्यान्रीले नेपाल जेसीजका देशभरका ४ सय भन्दा बढी युवाहरुसँग प्रत्यक्ष अन्तक्रिया गरे । जुन नेपाल जेसीजकै इतिहासमा पहिलो हो । अन्तराष्ट्रिय अध्यक्ष म्यान्रीले नेपाल जेसीजसँग अन्तरक्रिया गर्न पाउँदा उत्साहित भएको बताउँदै कोरोना अभियानमा अझ सक्रिय भएर लाग्न नेपाल जेसीजका लोकल शाखाहरुलाई आग्रह गर्नुए भयो । उहाँले आफ्नो फेसबुक एकाउण्टमै स्टाटस हाल्दै नेपाल जेसीज तथा पाटन जेसीज प्रति आभार प्रकट गरेका थिए ।

     

    यसैगरी, पाटनले तेस्रो अनलाइन अन्तक्रिया कार्यक्रम अन्तरगत जेसीआईका नेपालका निरुपित कार्यकारीणी उपाध्यक्ष रेभियुन कोजिमालाई साक्क्षात्कार गराएको थियो । कोजिमाले नेपालबाट अन्तरक्रियामा सहभागि भएका व्यक्तिहरुसँग प्रत्यक्ष कुराकानी तथा सहभागिका जिज्ञासाहरुलाई पुरा गरेका थिए । तालिममा नेपाल जेसीजका पदाधिकारी तथा पूर्व राष्ट्रिय अध्यक्षहरुको सहभागिता रहेको शाखाकी अध्यक्ष डेजी नापितले बताइन् ।

     

    पाटनले अन्तरािष्ट्रय जेसीजसँग सहकार्य गर्न शाखाका पूर्व अध्यक्ष, नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा जेसीआई एपि.डि.सि. का डेभ्लोब्मेन्ट अफिसर सुमनकृष्ण श्रेष्ठले सहजीकरण गरेका थिए ।

     

     

    धनगढी जेसीजले पनि अनलाइन तालिम सञ्चालन गरेको छ । सुदुर पश्चिममा रहेका धनगढी, धनगढी लेडी, अत्तरीया, महेन्द्रनगर,, लम्की, लम्की लेडी, टिकापुर, जोशीपुर, बोनिया, फुलवारी, नारायणपुर, डोटी, डढेलधुरा जेसीजका बोर्ड तथा धनगढी जुनियर र अत्तरिया जुनियर जेसीजलाई समेत सहभागिता गराइएको थियो । १२६ जना सहभागि मल्टि च्यापटर तालिमको सहजीकरण सिनेटर राजाबाबु शाहले गरेका शाखाका अध्यक्ष श्याम पाठकले बताए ।

     

    यसैगरी धनगढीले यस भन्दा अघि नै ३ वटा शाखालाई समेटेर तालिम सञ्चालन गरेको थियो । जुन तालिम नेपाल जेसीजका ट्रेनर सिनेटर केदार भण्डारीले प्रदान गरेका थिए । यो तालिम नै शाखाहरुले सञ्चालन गरेको पहिलो अनलाइन तालिम हो ।

     

     

    यसैगरी, जनकपुर जेसीजले संसदीय बैठक सञ्चालन सम्बन्धिको मल्टि च्याप्टर तालिमको आयोजना गर्यो । जसमा आयोजक जनकुपर, उदयपुर, लाहान, गोलबजार, लालबन्दी र चन्द्रनिगापुर सिटीका सदस्य, शाखाका पूर्व अध्यक्षहरु, नेपाल जेसीजका पदाधिकारीहरु सहित करिब १२५ जनाको सहभागिता रहेको शाखाका अध्यक्ष गौतम शाहले बताए । तालिमको सहजीकरण नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष सिनेटर रविन पोखरेलले गरेका थिए ।

     

    यसैगरी, मेचीनगर लेडी जेसीजले पनि शाखाका पदाधिकारीहरुका लागि प्रभावकारी भाषणकला तालिम सञ्चालन गर्यो । तालिममा शाखाकी संस्थापक अध्यक्ष कविता शर्माले काठमाडौँमा बसरे मेचीनगरका आफ्ना सदस्यहरुलाई अनलाइन मार्फत तालिम प्रदान गरिन् । शाखामै पहिलो अभ्यास भएको यो तालिमले थप उर्जा थरेको शाखाकी अध्यक्ष तुलसा दंगालले बताइन् ।

     

    यसैगरी बुटवल लेडी जेसीजको आयोजना गरेको छ । अल्टिमेट प्रफमेन्स विषयमा नेपाल जेसीजका ट्रेनर सिनेटर भण्डारीले तालिम दिएका थिए । तालिममा आयोजक बुटवल लेडी, बुटवल, देवदह, कञ्चन, सुद्धोधन, सिदार्थ लेडी, पाल्पा, रामग्राम, रामग्राम लेडी, रामनगर, नवलपुर, सुनवल, प्रस्तावित बद्रघाट, शिवराज र तिलोतमा जेसीजका २२२ जनाको सहभागिता रहेको शाखाकी अध्यक्ष कल्पना कुशुमले बताइन् । तालिममा क्ष्टहरी, इटहरी लेडी

     

    दुहवी जेसीजको आयोजनामा यसै साता मल्टि च्याप्टर तालिम सञ्चालन भयो । अल्मिेट प्रफमेन्स विषयमा १२ वटा शाखा रहेको उक्त तालिममा प्रशिक्षक सिनेटर केदार भण्डारी रहेका थिए । तालिममा इनरुवा, तरहरा, धनकुटा लेडी, धनकुटा सिटी, झुम्का, टङ्की सिनवरी, इन्द्रपुर, गछिया, चक्रघट्टी, पथरी, भद्रपुर, दमक,लगायतका शाखाका पदाधिकारीहरु गरी सय भन्दा सहभागिता रहेको शाखाकी अध्यक्ष विमला सुवेदीले बताइन् ।

     

    सतासीधाम जेसीजको आयोजनामा संसदीय बैठक सञ्चालन सम्बन्धी मल्टि च्याप्टर तालिम सम्पन्न भयो । झापाका १४ वटा शाखा« आयोजक, दमक, कमलनगर, गौरादह, सुरुङगा, विरता, विरता लेडी, अर्जुनधारा, बुधवारे, बाहुण्डाँगी, मेचीनगर लेडी, धुलावारी र भद्रपुर शाखाका २ सय ५० सय भन्दा बढीको सभागितामा तालिम सम्पन्न भएको शाखाका अध्यक्ष कुमारसिंह सावाले बताए। तालिममा प्रशिक्षक राजाबाबु शाह रहेका थिए ।

     

    यसैगरी, बिराटनगर, मनोहरा, पोखरा, लाहान जेसीजले पनि अनलाइन तालिम सञ्चालन गरेका छन् । हरेक तालिममा नेपाल जेसीज २०२० का पदाधिकारी, नेपाल जेसीजका पूर्व पदाधिकारीहरुको सहभागिता रहँदै आएका छन् । अझ रमाइलो पक्ष त के छ भने यो तालिममा नेपाल जेसीजका पूर्व अध्यक्ष एवम जेसीआईका पूर्व उपाध्यक्ष सिनेटर राजेन्द्रबहादुर श्रेष्ठ हरेक तालिममा अभिभावकको भूमिकामा सहभागि भएका छन् । यसले पनि तालिमको सार्थकता प्रदान गरेको छ । साथै नेपाल जेसीजका पूर्व अध्यक्ष सिनेटर सन्तोष रिजाल, निवर्तमान अध्यक्ष सिनेटर महेश पौडेल, सिनेटर प्रकाशप्रसाद, अधिकारी, सिनेटर अनिल भेटवाल, सिनेटर विकल शेरचन, सिनेटर धनन्जय श्रेष्ठलगायतको सहभागिता रहँदै आएको नेपाल जेसीजका महासचिव टेकराज रेग्मीले बताए ।

     

    यता, नेपाल जेसीजले आइतवारबाट दोस्रो चरणको तालिम सुरु गरेको छ । पहिलो चरणमा शाखाका अध्यक्षहरुका लागि भएको तालिमपछि दोस्रो चरणमा बोर्डका पदाधिकारीहरुका लागि सञ्चालन हुँदैछन् । जुसमा आइतवार र सोमवार पूर्व अध्यक्ष सिनेटर श्रीधर बस्यालले गरे भने मंगलवार र बुधवार पूर्व इभिपि तथा जेसीआई फाउण्डेशनका अध्यक्ष तिर्थ पौडेलले तालिम दिनेछन् । ४ वटा एरियालाई लाई दुई चरणमा विभाजन गरिएको छ ।

     

    तालिमका लागि क्षेत्रगत रुपमा रहेका तालिम संयोजकहरु सेवक बजगाई, पायल शर्मा, सागर भट्ट र हिमा न्यौपानेले सहजीकरण गरिरहेका छन् भने समग्र तालिमको नेपाल जेसीजका तालिम संयोजक शिव सुवेदीले सर्कुलर गरिरहेका छन् ।

     

    यसरी, अनलाइनमार्फत तालिम सञ्चालन गर्नुले नेपाल जेसीजमा नयाँ आयाम थपेको नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकरले बताए । उनले कोरोना भाइरसका कारण आएको यो गिफटेट टाइमलाई सदुपयोग गर्दै सञ्चालन गरिएको तालिममा देशभरबाट उत्साहका साथ साथीहरुको सहभागिता भइरहेको बताए ।

     

    नेपाल जेसीजका तालिम आयुक्त शिव सुवेदीले अहिलेको तालिमले पाएको सफलताका आधारमा आगामी दिनमा समेत अनलाइन मार्फत देशविदेशका ट्रेनरहरुको सहभागितामा तालिम सञ्चालन गरिने बताए । तालिमले अत्यन्तै प्रभावकारिता प्रदान गरेको सुवेदीले बताए ।
    लकडाउन आफैमा एउटा समस्या र चुतनौती हो । यो विषेश परिस्थितिमा सिर्जित भएको छ । विश्व नै प्रविधि एवम् सुचनामैत्री भइ सञ्चालन भइरहे्को परिवेषमा अनलाइनबाट हुने सकारात्मक अभ्यासहरु यो परिीसथतिमा मात्र सिमित नभइ सामान्य परिस्थतिमा पनि सामाजिक रुपान्तरणका लागि विभिन्न अभियानहरु सञ्चालन गर्न सकिनेछ । नेपाल जेसीजले गरेको यो सकरात्मक फरक सोच, भिन्न पहिचानको त्यो अभ्यास सरकारी गैर सरकारी विभिन्न संघ संस्थाहरुले समेत अनुसरण गर्न सके, एकातिर समयको सदुपयोग त हुन्छ नै अर्काेति आर्थक व्ययभार समेत कम हुन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…