•   वैशाख ९, काठमाडौं । स्थानीय तथा पश्विमी वायुको प्रभावले देशभरको मौसम बदली हुँदा केहि स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । सोमबार साँझदेखि फाटफुट वर्षा सुरु भएकामा त्यसले आज पनि निरन्तरता पाएको छ । आज दिनभर नै देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ । प्रिमनसुन चलिरहेकाले बुधबार र बिहीबार पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

    यस्तो छ दुई दिनको पूर्वानुमान :-

    बैशाख ९ गते (मंगलबार)

    दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहने छ। अपरान्ह पश्चात् पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। रातीः देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

    बैशाख १० गते (बुधबार)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…