• काठमाडौं, ९ बैशाख । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड)को मूल्यमा हालसम्मकै भारी गिरावट आएको छ । कोरोनाभाइरसको महामारीका कारण तेलको मूल्यमा गिरावट आएको हो ।

    न्यूयोर्कमा कच्चा तेलको मूल्यमा अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट रेकर्ड गरिएको छ । २० अप्रिलमा न्यूयोर्कको तेल बजारमा ठूलो हलचल आयो ।

    यहाँ कच्चा तेलको मूल्य यतिसम्म कम भयो कि सिलबन्दी पानीभन्दा पनि सस्तो भएको अन्तर्राष्ट्रिय समाचार माध्ययमले जनाएको छ । अहिले आएको गिरावट मे महिनामा आपूर्ति गरिने पेट्रोलियमको लागि हो । यहाँ युएस बेन्चमार्ककै रेकर्ड गिरावट आएको हो ।

    मे महिनामा आपूर्ति गरिने तेलको मूल्य एक समय झरेर १.५ं डलर प्रतिब्यारल भयो । यो कच्चा तेलको मूल्यमा एक दिनमा ९० प्रतिशत गिरावट हो ।

    मे महिनाको लागि कच्चा तेल आपूर्तिको सम्झौता २१ अप्रिलमा समाप्त हुँदैछ । तर, तेलका खरिदकर्ता पाइएका छैनन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…