• मौसमविद्‌हरूले देशका अधिकांश स्थानमा भइरहेको वर्षालाई 'प्रिमनसुन' अर्थात्‌ मनसुन आरम्भ हुनुअघि हुने गतिविधि भनेका छन्।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका अधिकांश स्थानमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भइरहेको छ। मानिसहरूलाई मौसममा अचानक परिवर्तन भएको जस्तो लागे पनि मनसुन सुरु हुनुअघि यस्तो सामान्य परिवर्तन हुने गरेको मौसमविद्‌हरूले बताएका छन्। "एप्रिल र मे महिनामा प्रिमनसुन गतिविधिहरू देखिन्छ नै। जुन महिनादेखि त हामीकहाँ मनसुन नै सुरु हुन्छ," मौसम पूर्वानुमान महाशाखास्थित वरिष्ठ मौसमविद्‌ विभूति पोखरेलले बीबीसी न्यूज नेपालीलाई भनिन्। सम्भावना मौसमविद्हरूका अनुसार नेपालमा अहिले मौसममा देखिएको परिवर्तन र पानी तथा असिना पर्नु जस्ता घटनाले प्रिमनसुन सक्रिय हुन लागेको सङ्केत गर्छन्। यो स्वाभाविक प्रक्रिया भएको उनीहरूको भनाइ छ। https://twitter.com/DHM_Weather/status/1252348595191246851 हाल देशका विभिन्न स्थानहरुमा (अलि धेरै सक्रिय भएको प्रदेश ४, ५, र ६ )मा मेघ गर्जन/चट्याङ सहित वर्षा गराउने बादलका कारण वर्षा भैरहेको र उक्त प्रणाली उत्तर पूर्वतिर सर्दै गएको र हावाहुरी/मेघ गर्जन/चट्याङ्/असिनाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलवार दिउँसो र राति आंशिकदेखि सामान्य बदली रही केही स्थानमा स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना छ। यो क्रम मङ्गलवारदेखि तीन दिनसम्म जारी रहने मौसमविद्‌हरूको अनुमान छ। महाशाखास्थित वरिष्ठ मौसमविद्‌ पोखरेल भन्छिन्, "कतै कम पानी पर्न सक्छ भने कतै बढी पर्न सक्छ। कतै खण्डखण्डमा जस्तो पानी पर्ने पनि हुन सक्छ। यो क्रम आजदेखि तीन दिन (बिहीवार) सम्म रहने अनुमान छ।" सावधानी सावधानीठाउँअनुसार गहुँ र आलुजस्ता बाली भित्र्याउने बेला भएकोले हावाहुरी र चट्याङबाट जोगिन विशेष सावधानी अपनाउन सर्वसाधारणलाई मौसमविद्‌हरूको सुझाव छ। नेपालमा प्राकृतिक विपत्तिका कारण हुने मृत्युमध्ये चट्याङबाट हुने मृत्युका घटना अग्रस्थानमा रहेको अधिकारीहरू बताउँछन्। गृह मन्त्रालयका अनुसार गत एक वर्षको समयावधिमा (सन् २०१९ को एप्रिल २१ देखि सन् २०२० को एप्रिल २१ सम्म) देशभरि चट्याङका कारण ८९ जना व्यक्तिको ज्यान गएको छ। गत एक हप्तामै चट्याङका कारण दुई व्यक्तिको अकालमा ज्यान गएको मन्त्रालयले उल्लेख गरेको छ। त्यसपछि दोस्रो बढी मृत्युको कारण पहिरो देखिएको छ जसबाट ८३ जनाले ज्यान गुमाएका छन्। त्यसैगरी बाढीका कारण ७३ जनाको, आगलागीबाट ४७ जनाको र जनावरसँग सम्बन्धित घटनामा परी ४० जना व्यक्तिको मृत्यु भएको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। जोगिने उपाय चट्याङका कारण ठूलो जनधनको क्षति हुने गरेपनि सम्बद्ध निकायको बेवास्ता र जनचेतनाको अभावका कारण जोखिम कम गर्न नसकिएको विज्ञहरूको मान्यता छ। तर यस्ता केही सावधानी र उपाय अवलम्बन गरे चट्याङबाट हुने क्षतिबाट जोगिन सकिन्छ। चट्याङप्रतिरोधी घर निर्माणः घरमाथि तामाको त्रिशूल वा रड राखेर त्यसलाई जीआई पाताले जोडेर घरमुनि माटोमा लगेर गाड्ने र त्यहाँ त्यसलाई तामाको पाताले जोड्ने चट्याङ परेको समयमा अग्लो ठाउँ वा अग्ला टावरनजिक नबस्ने र अग्ला रूखमुनि ओत नलाग्ने धातुको तारबारनजिक नबस्ने समथर र खुला ठाउँमा नबस्ने भूमि र बादलको दूरी कम भइरहने पहाडी भूभागमा सतर्क रहने चट्याङ परेको बेला विद्युतीय सामग्री र तारजडित टेलिफोन प्रयोग नगर्ने छत नभएको सवारीसाधनमा भए तुरुन्त सुरक्षित स्थानमा जाने

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…