• काठमाडौं । राप्रपाले सत्तारूढ नेकपाभित्रको आन्तरिक शक्ति संघर्षको परिणाम स्वरूप देश फेरि राजनीतिक अस्थिरताको दलदलमा फस्‍ने खतरा देखिएको बताएको छ ।

    राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीद्वारा आज जारी विज्ञप्तिमा कोभिड–१९ को महामारीविरुद्ध सिंगो मुलुक एकजुट भएर लाग्नुपर्ने अवस्थामा सरकारले ल्याएको ’राजनीतिक दलसम्बन्धी’ र ’संवैधानिक परिषदसम्बन्धी’ दुई अध्यादेश अनुपयुक्त, अनावश्यक र संविधानको भावनाविपरीत रहेको उल्लेख छ ।

    “राजनीतिक दलसम्बन्धी अध्यादेशले दल विभाजनलाई प्रोत्साहित गर्ने, राजनीतिक अस्थिरता बढ्ने र अन्ततः प्रजातन्त्रलाई धरापमा पार्ने टड्कारो सम्भावना देखिन्छ,” विज्ञप्तिमा भनिएको छ, “संवैधानिक परिषदसम्बन्धी अध्यादेशले प्रजातन्त्रको मूलभूत मान्यताका रूपमा रहेको शक्ति पृथकीकरण र शक्ति सन्तुलनलाई कमजोर बनाउने र देशमा स्वेच्छाचारी शासन कायम हुनसक्ने खतरा देखिन्छ ।”

    सम्भावित राजनीतिक अस्थिरता र प्रजातन्त्रको भविष्यमाथि आइपर्न सक्ने गम्भीर संकटलाई दृष्टिगत गर्दै उक्त दुवै अध्यादेश फिर्ता लिन राप्रपाले सरकार तथा सत्तारुढ दल नेकपालाई आग्रह गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…