मंगलबार, वैशाख ९, २०७७
काठमाडौं–कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको छ। सबैजना घरमै बसिरहेको यो समयलाई उपयोगी बनाउन विभिन्न साइटहरुले सित्तैमा पुस्तक पढ्ने अवसर दिएका छन्।
त्यसैक्रममा ओएलइ पुस्तकालयले विभिन्न प्रकारका पुस्तक पढ्ने सुविधा दिएके छ। ओएलइको वेबसाइटमा विभिन्न विषयका नेपाली र अंग्रेजी माध्यमका आख्यान तथा गैरआख्यान पुस्तक डाउनलाड गरेर पढ्न सकिन्छ।
ओएलई नेपालको इ–पुस्तकालयमा यो लिंकमार्फत् जान सकिन्छ