• उर्लाबारी ९ वैशाख
    विजय धिमाल
    मोरङको पथरीशनिश्चरे नगरपालिका १ स्थित धिमाल जातीय विकास केन्द्र पाथरी ग्राथान भित्र बैशाख ५ गते दिउँसै वन ऐन विपरित तीनवटा सालको रुख कटीएको छ । त्यसतै करिव दुई महिनाअघि पथरीकै तमु बौद्ध गुम्बामा पनि चारवटा सालको रुख यसैगरी ढालिएको थियो भन्ने कुरा आएको छ । गुम्बाको घटना करिव दुई महिनापछि मात्र वन कर्मचारीले थाहा पाएर बैशाख ८ गते मात्र लगत उठाएको छ ।
    यी रुखहरु ढालिएको बारेमा डिभिजन वन कार्यालय मोरङले महोमद अलाउदिनलाई अनुसन्धान अधिकृत तोकेको छ । आलाउदिन हाल सब डिभिजन वन कार्यालय पथरीको प्रमुख हुन ।

     

    अवैध रुख ढालिएको बारेमा अनुसन्धान सुरु भएकोले गैरकानुनी कार्यमा संलग्न कसैलाई नछाडिने डिभिजन वन कार्यालय मोरङको प्रमुख डीएफओ विशाल घिमिरेले नताए । यस्ता कार्य नियम विपरित गर्नु अपराध हो । अनुसन्धान अधिकृत तोकेसँगै रुख काट्ने कार्यमा संलग्न व्यक्तिहरुको अनुसन्धान सुरु भएको बताए । कानुन विपरित रुपमा रुख कटानमा संलग्न केहीको पहिचान भएको अनुसन्धान अधिकृत महोमद अलाउदिनले जानकारी दिए । अवैध रुपमा रुख काट्नका लागि पथरी अस्पतालमा कार्यरत स्वस्थ्य कर्मचारी मुरारी आचार्यको बा १९ च ९८१० नम्बरको गाडी प्रयोग भएको हो भन्ने खुलेको छ । यस्को पनि छानबिन गरिने अधिकृतले जानकारी दिए । उनि भन्छन यो लकडाउनको बेला कानेपोखरीबाट रुख काट्न ति दुई जनालाई कस्ले र कसरी ल्याए ?

     

    आचार्यलेभने आफ्नो गाडी प्रयोग नभएको र संलग्न नभएको बताउछन ।
    दिउँसै रुख ढालेको बारेमा नेपाली कांग्रेस नगर समितिले बैशाख ७ गते ध्यानाआकर्षण गराउँदै पथरी शनिश्चरे नगरको प्रमुख दिलिपकुमार राईलाई ज्ञापनपत्र बुझाएको छ । लाकडाउनको मौका छोपी १ नम्बरका वडा अध्यक्ष ज्ञापनपत्र बुझाउन नगरको कार्यबाहक सभापति ईश्वर थापा, सचिव दुर्गा भट्टराई लगायत पार्टीका व्यक्तिहरु नगरपालिका गएका थिए ।

     

    यता कांग्रेसले ध्यानाआकर्षण पत्रमा वडा अध्यक्ष बाबुराम एङ्देनको निर्देशनमा रुख ढालेको उल्लेख गरेपछि नेपाल कम्युनिस्ट पार्टी नेकपा १ नम्बर वडा समितिको संयोजक भीमकुमार राई र सचिव युवराज चौलागाईंले बैशाख ९ गते विज्ञप्ति प्रकाशन गरी कांग्रेसले तथ्य नबुझी नेकपाको स्थानीय नेता एवं वडा नं १ वडा अध्यक्ष बाबुराम ऐङदेन माथि लाञ्छना लगाएको जनाएको छ । कोरोना भाइरसको बेला राजनीतिक प्रतिशोध नसाँध्न नेकपा वडा समितिको विज्ञप्तिमा उल्लेख छ । धिमाल जातीय विकास केन्द्रले प्रयोग गर्दै आएको क्षेत्रभित्र रहेको रुखहरू निक्कै वर्षअघि सुकेका थिए । रुखको पश्चिममा घर टहरामा पसलहरु छन । सुकेको हुनाले हाँगा झरेर र मक्किएको रुख भाँचिएर ढलेको अवस्थामा जनधनको क्षति हुने अवस्था रहेको स्थानिय बताउछन । धिमालको यस क्षेत्रमा निकै वर्ष अघि यसरी नै रुख काटिएको थियो र कसले र किन काटीएको आज सम्म पत्ता लाग्न सकेको छैन ।

     

     

    तमु बौद्ध गुम्बाको दक्षिणमा सुन्दर सुकुम्बासी बस्ती छ । यहाँको पनि अवस्था उस्तै हो । यी दुबै स्थानको रुख ढाल्न निक्कै वर्ष अघिदेखि वन कार्यालयमा पटक पटक निवेदन दिइँदै आएको र वनले स्विकृत नगरेको जानकारीमा आएको छ । सुकेको रुखबाट आउन सक्ने जोखिमबारे जानकारी गराउँदै सम्बन्धित संस्थाको साथै स्थानीय जनताले हस्ताक्षर संकलन गरी सामूहिक निवेदन समेत दिँदै आएका थिए । राष्ट्रिय वनको रुख ढाल्न संघीय मन्त्रिपरिषदकै निर्णय हुनुपर्ने कानुनी प्रक्रिया भएकोले मन्त्रिपरिषदले महत्वको विषय नठान्ने भएकोले यस्ता रुख ढाल्ने आदेश नआउने भन्ने बुझिएको छ । सुकेका रुख नजिकै रहेका घरटहरा वनकै क्षेत्रमा पर्ने र वनमा घरटहरा बनाउनु गैरकानुनी कार्य भएकोले त्यस्ता रुखहरु ढाल्न आदेश नआउने वा निर्णय नहुने गरेको सहायक वन अधिकृत महोमद अलाउदिनको भनाइ छ । उनि भन्छन पहिला त्यस ठाउमा घर थिए कि रुख थिए भन्ने हामीले बुझ्ने विषय हो ।

     

    https://www.youtube.com/watch?v=AEe_8WtrTxM&t=1s

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…