•  

    [video width="1280" height="720" mp4="http://ratokalam.com/wp-content/uploads/2020/04/Untitled-1280x720-3.78Mbps-2020-04-21-15-24-31-1.mp4"][/video]

    बैशाख ९, पथरी ।
    मोरङको पथरीमा लकडाउनको समयमा मलामी गएका युवकलाई प्रहरीले कुटपिट गरेको विषय यति बेला चर्चामा आएको छ ।
    प्रहरी जवान मदन राईले युवकलाई कुटपिट गरेकै दिन सामाजिक संजालमा सार्वजनिक भएको भिडियोले प्रहरीको कार्य शैली प्रती प्रश्न मात्र खडा गरेन समाजिक संजालमा व्यापक नकरात्मक टिकाटिप्पणी पनि भए ।

     

    तर मलामी बाट फर्किएका ति युवालाई कुट्न प्रहरी किन उत्तेजित भयो भन्ने प्रश्न पनि तेर्सिएको थियो ।
    प्रहरी उत्तेजित भएर मलामी बाट फर्केका युवकलाई कुटपिट गर्ने अवस्था कसरी सिर्जना भयो भन्ने कारण सहितको सिसि टिभी फुटेज हामीले प्राप्त यहा प्रस्तुत गरेका छौ ।

     

    भिडियोमा मलामीबाट सँगै फर्किएका अन्य मोटरसाइकलहरुलाई प्रहरीले रोकेको देखिदैन । त्यतिकैमा सो स्थानमा ति युवा बिना हेलमेट मोटरसाइकल चलाएर आएको देखिन्छ । चेकिङमा बसेका प्रहरीले रोक्ने प्रयास गर्दा जवर्रजस्ती बेरियर गेट छलेर ति युवा भग्न सफल हुन्छन् ।
    त्यसरी भाग्ने क्रममा ती युवकले माझी औंला उठाउँदै अस्लिल मनासय व्यक्त गर्नुका साथै हातले विभिन्न अस्लिल हर्कतकै कारण प्रहरी आक्रोसित र उत्तेजित भई युवक माथी सार्वजनिक स्थलमै पिठ्युमा बुट बर्जान पुगेको देखिन्छ ।

     

    प्रहरीले आत्मरक्षा र अन्यको ज्यानको सुरक्षाका लागि वाहेक हातपात गर्न नमिल्ने भएता पनि प्रहरी प्रतीको दुर्ववहारका कारण घटना घटेको प्रहरीको तर्क छ ।

     

    दंगा नियन्त्रण प्रहरी कार्यालय दुहवी अन्र्तगत पथरी बेस क्याममा खटिएका प्रहरी जवान मदन राईले पथरी शनिश्चरे वडा नम्वर ४ किर्तिपुर वस्ने प्रेम लिम्वुलाई सार्वजनिक स्थलमा निर्घात कुटपिट गरेका हुन । घटना गत आईतवारको हो ।

     

    सार्वजनिक स्थालमा सर्वधारणको पिठ्युमा बुट बजार्ने प्रहरी जवान राई र नमराज पोखरेल लाई अहिले डिउटी बाट निस्कान गरि विभागिय कार्वा्हिका लागि प्रक्रिया अगाडी बढाएको पथरी इलाका प्रहरी कार्यालयका डिएस्पी दिलिप कुमार गिरीले बताए ।

     

    संक्रमणको यो समयमा चाउचाउ र पानी खाएर दिन रात जनाताको स्वास्थ्य सुरक्षामा खटिएका प्रहरीलाई झुक्याउन, छल्न, अस्लिल हर्कत गर्न पाउँदा गर्व गर्ने, प्रहरी बाट अलिकति टाढा पुगेपछी त्यै प्रहरीलाई अमानवीय व्यवहार प्रस्तुत गर्ने सर्वसाधरणको मानसिकतामा पनि परिर्वन आउनु जरुरी देखिन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…