काठमाडौं । उदयपुरमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षणका लागि पठाइएको थियो। त्यहाँ परिक्षण गर्दा उनीहरूको रिपोर्ट पोजेटिभ आएको हो।
उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा बसेका ११ जना भारतीय र दुई नेपालीमा कोरोना संक्रमण भएको थियो । अहिले संक्रमित देखिएका आठ जना त्यसै मस्जिद क्षेत्र वरपरका वासिन्दा रहेको बताइएको छ ।
उदयपुरका अर्का एक युवकमा पनि मंगलबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।