•  मङ्लबार, बैशाख ९, २०७७

    चितवन । लकडाउनको बेला नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनसँग अझै १० महिनालाई पुग्ने नुन स्टकमै छ । साल्ट ट्रेडिङले १६० मेट्रिक टन नुन स्टकमै राखेको छ । उक्त नुनको मात्राले नेपालमा १० महिना पुग्छ ।

    ‘स्टकको चिनी कम हुँदै गइरहेको छ, पिरोलो चिनीको हो’, नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनका बजार व्यवस्थापक ब्रिजेश झाले भने । उनका अनुसार चिनी खुद्रामा बेचबिखन गरे पनि एक/डेढ महिना मुस्किलले पुग्ला, तर त्यति दिनलाई पुग्न पनि गाह्रो छ । नेपालमा मासिक औसतमा २० हजार मेट्रिक टन चिनी चाहिन्छ । यतिबेला साल्ट ट्रेडिङसँग जम्मा छ हजार मेट्रिक टन चिनीमात्रै स्टकमा छ ।

     

    साल्ट ट्रेडिङ चितवनका प्रमुख बुद्धिविनोद दाहालले नुनको पिरोलो नभए पनि चिनीको पिरोलो बढी भएको बताए । उनी खुद्रा क्रेतालाई चिनीको अभाव हुन नदिने बताउँछन् । साल्ट ट्रेडिङ चितवनद्वारा एक उपभोक्ताबराबर बढीमा ६ किलोसम्म चिनी वितरण गरिएको प्रमुख दाहाल बताउँछन् । उनी भन्छन्, ‘लकडाउन भएदेखि नै बोराका दरले चिनी दिएका छैनौँ, स्टक कम हुँदै गएकाले एक उपभोक्तालाई बढीमा ६ किलोभन्दा बढी दिन सकिँदैन ।’

     

    प्रमुख दाहालले भने, ‘अहिले हामीसँग १३० बोरा चिनी छ, यसले कहिलेसम्म धान्न सक्छ हेरौँ !’ साल्ट ट्रेडिङ चितवनले प्रतिकिलो ७३ रुपैयाँमा चिनी बिक्री गरिरहेको छ । बजारमा चिनी थोकमा प्रतिकिलो ७६ र खुद्रामा ८० रुपैयाँसम्म विक्री भइरहेको छ । किराना व्यवसायी संघ चितवनले बजारमा चिनीको अभाव नभएको जनाएको छ ।

     

    संघका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठले बजारमा अहिले नै चिनीको अभाव नभएको बताए । गत आर्थिक वर्षमा सरकारले चिनी आयातमा प्रतिबन्ध लगाएको थियो । यसवर्ष सरकारले साल्ट टे«डिङलाई १० हजार मेट्रिक टन आयात गर्न स्वीकृति दिएको थियो ।by चितवन पोष्ट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…