रासस
भोजपुर, चैत ९
भोजपुरमा एक युवकको र्यापिड डाइग्नोष्टिक परीक्षण (आरडिटी) गर्दा कोरोना भाइरसविरुद्धको एन्टीबडी देखिएको छ।
हतुवागढी गाउँपालिकाका २६ वर्षीय युवकको आज आरडिटी गर्दा एन्टीबडी देखिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए। गत फागुन ३० गते साउदी अरबबाट काठमाडौंँ आएका ती युवक चैत ११ गते हतुवागढी आइपुगेका थिए।
होम क्वारेन्टाइनमा रहेका उनलार्ई पोजेटिभ देखिएपछि प्राथामिक स्वास्थ्य केन्द्र घोरेटारमा रहेको आइसोलेशनमा राखिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ।
उनको स्वाब संकलनका लागि मंगलबार नै जिल्ला अस्पतालबाट चिकित्सकको टोली हतुवागढी लागेको स्वास्थ्य कार्यालयले बताएको छ।
स्वाब संकलन गरेर परीक्षणका लागि बुधबार बिहान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइने कार्यालयले जनाएको छ।