•  

    बैशाख ९, २०७७
    काठमाडौं– एनसेलका प्रिपेड ग्राहकले अब आफ्नो मोबाइलमा ब्यालेन्स शुन्य अवस्थामा भएपनि आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्छन् । ग्राहकले भ्वाइस, डाटा र एसएमएस सेवा बण्डल गरिएको प्याक पहिला प्रयोग गरी त्यसको शुल्क रु ५ पछि तिर्न सक्छन् ।

    कोरोना भाइरस रोगको महामारीले ल्याएको विपद्को परिस्थितीमा आफ्ना ग्राहक माझ सेवा सुनिश्चित गर्दै, एनसेल प्राइभेट लिमिटेडले वैशाख ५ (शुक्रबार) देखि आफ्ना प्रिपेड ग्राहकका लागि यो आकर्षक प्याक उपलब्ध गराउँदै आएको छ । यस योजनाअन्तर्गत ग्राहकले मात्र रु ५ मा २५० एमबी डेटा, २५ मिनेट अन नेट भ्वाइस कल र २५ वटा अन नेट एसएमएस सहितको बण्डल सेवा सुचारु गर्न सक्छन् ।

    शुन्य मेन ब्यालेन्स भएका वा ब्यालेन्स रु ५ भन्दा कम भएका ग्राहकले पछि शुल्क तिर्ने गरी यो प्याक सुचारु गरेर आ–आफ्ना आफन्तसँग सम्पर्कमा रहिरहन सक्छन् । विपद्को घडिमा ग्राहकले ब्यालेन्स रिचार्जमा कठिनाइ भोग्दै सेवाको पहुँचबाट बन्चित भएको हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै एनसेलले ग्राहकलाई यो सुविधा उपलब्ध गराएको हो ।

    एनसेलले लकडाउन शुरु भएपश्चात विगत एक महिनाको समयदेखि भ्वाइस, डेटा र एसएमएसलगायत कुनै पनि सेवा प्रयोग नगरेका र मेन ब्यालेन्स रु ५ भन्दा कम भएका ३६ लाख प्रिपेड ग्राहकलाई सेवा दिनयो प्याक ल्याएको हो । यसअन्तर्गतको प्राप्त डेटा, भ्वाइस तथा एसएमएस ग्राहकले हरेक दिन राति ९ बजे देखि अर्को दिनको विहान ९ बजेसम्म प्रयोग गर्न सक्छन् र प्राप्त सेवाहरु ७दिनको लागि मान्य रहनेछ ।

    विगत दुई महिना देखि एनसेलको सिम प्रयोग गरिरहेका, मेन ब्यालेन्स रु ५ भन्दा कम भएका र एक महिना देखि मोबाइलमा कुनै पनि सेवा प्रयोग नगरेका प्रिपेड ग्राहकले मात्र यो योजनाअन्तर्गतको प्याक सुचारु गर्न सक्छन् ।

    ग्राहकले एस्ट्रिक्स९९८८एस्ट्रिक्स५५ह्यास वा एस्ट्रिक्स९९८८ह्यास डायल गरी यो प्याकसुचारु गर्न सक्छन् । ग्राहकले आफ्नो मेन ब्यालेन्स रिचार्ज गरे पछि प्याकको तोकिएको शुल्क श्वतः काटिने छ । यस बाहेक अन्य शुल्क लाग्ने छैन ।

    यसका साथै एनसेलले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै स्टे होम डेटा प्याकको समयसिमा७ दिनबाट बढाई १० दिनपुर्याएको छ । ग्राहकले १५ जिबीको स्टे होम डेटा प्याक रु २३० (कर सहितरु २९३.६९) मा सुचारु गर्न सक्छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…