• बैशाख १०, पथरी ।
    कोरोना संक्रमणका कारण लकडाउन पिडित जनतालाई राहत दिनका लागि नगरपालिकाको संयोजनमा तयार भएको राहत संकलन उपसमिति विघटन भएको प्रचार मिथ्या भएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिका मेयर दिलिप कुमार राईको संयोजकत्वमा निर्माण भएको मुल समितिका सदस्य समेत रहेका अर्जुन कुमार बुढाथोकीको संयोजकत्वमा अर्को १५ सदस्यी राहत संकलन उपसमिति निर्माण भएको थियो ।

    केही दिन यता देखी सो समिति विघटन भएको विभिन्न संचार माध्यममा प्रचार भएको प्रति नगरपालिकाले आप्पती जनाएको छ ।

    उप समितिको मुख्य काम भनेको राहत संकलन समितिलाई सहयोग गर्नु रहेको बताइएको छ । संक्रमणको यो समयमा मुल समितिले राहत संकलनका लागि विभिन्न सघ, सस्था निकायहरु सग समन्वय गर्नु पर्ने भएका कारण आफ्नो मुल समितिलाई सहयोग गर्न उप समिति निर्माण गरिएको नगर प्रमुख दिलिप कुमार राईले बताए ।
    वजारमा उप समिति विघटनको प्रचारका बारेमा नगरपालिकाले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

     

    संक्रमणको यो घडिमा कोही प्रचारकहरुले आफ्नो व्याक्तिगत स्वार्थका लागि कुप्रचार गरेको नगरपालिकाले जनाएको छ ।

     

    यस्तो कुप्रचारको विश्वशनियता नरहेको र विश्वास नगर्न पनि नगरपालिकाले सवै संघ, सस्था, नगरवासी र शुभचिन्तहरुलाई अनुरोध गरेको छ ।
    वजारमा आए जस्तो उप समिति औपचारिका रुपमा विघटन नभएको र यसले मुल समितिलाई राहत संकलनका लागि सहयोग निरञ्तर रुपमा गरिरहेको पनि जनाएको छ ।

     

    हामीले यस बारेमा मुल समिति संयोजक मेयर राईलाई जवाफ माग्दा राई यसो भन्छन् –“समिति विघटन हुने २ वटा प्रक्रिया रहेका छन् पहिलो हो उहाँहरुले सामुहिक रुपमा राजिनामा दिनु प¥यो अर्को भनेको मुल समितिले आज बाट उप समितिको औचित्य समाप्त भयो भनेर निर्णय गर्नु प¥यो यो दुवै प्रक्रिया अहिले सम्म भएको छैन तसर्थ विघटनको प्रचार मिथ्यया हो ।”

     

    साथै नगरपालिकाले राहत व्यावस्थापनका लागि संकलन समिति र व्यावस्थापन तथा वितरण समिति गरि २ वटा मुल समिति निर्माण गरेको छ । जसमा संकलन समितिको संयोजकीय भुमिका नगर प्रमुखले र व्यावस्थापन वितरण समितिको संयोजकीय भुमिका उप–प्रमुखले गर्दै आएका छन् ।

     

    समिति विघटनका बारेमा वजारमा आएको प्रचार भ्रामक रहेको नगर उप प्रमुख यमुना विष्टको पनि भनाई रहेको छ ।

     

    “विपतको यो घडिमा राहत संकलन समितिलाई सहयोग गर्न गठन भएको उप समिति र मुल समितिको मंगलवार मात्रै मैले बैठक वसीरहेको देखेकी हुँ विघटन भएको छैन उप समितिले मुल समितिलाई सहयोग गरिरहेकै होला मैले मेरो व्यावस्थापकिय जिम्मेवारी निर्वाह गरिरहेकी छु ।” “संकटको यो घडिमा सवै मिलेर हातेमालो गरौँ।”
    यता उप समिति संयोजक अर्जुन कुमार बुढाथोकी भने बजारमा आएजस्तो समिति विघटन भैनसकेको बताउछन् ।

     

    उप समितिको मुख्य कार्य भनेको राहत संकलन समितिलाई संकलनका लागि सहयोग गर्नु हो यसमा आफ्नो कुनै व्याक्तिगत स्वार्थ छैन ।

     

    समितिमा भएका केही व्याक्तिहरुलाई सहज नभए सम्वधित ठाउमा जानकारी गराउन आग्रह गरेका छन् ।
    साथै अनगर्ल प्रचारमा नउत्रिन पनि समिति संयोजक बुढाथोकीले समितिमा सिफारिस भएर आएका सदस्यलाई अनुरोध गरेका छन् ।

     

    गत चैत्र २९ गते गठन भएको उप समितिमा नगरका विभिन्न सघसस्थाको प्रतिनिधित्व रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…