• मिलन के राउत

    उर्लाबारी, कोरोनाभाइरसका कारण पुरै देश ‘लकडाउन’ छ । सबै मान्छे आ–आफ्नो घरमा छन् । यो खाली समयको सदुपयोग सबैले आ–आफ्नै तरिकाले गरिरहेका छन् ।
    कोही परिवारसँग रमाइलो गरिरहेका छन् भने कोही पुस्तकहरु अध्ययन गर्दैछन् । कोही किताब लेख्दैछन् भने कसैले भविष्यका योजनाहरु बनाउँदैछन् ।
    खासगरि हरेक दिन अधिकांश समय ब्यवसाय र साथीभाईहरुको जमघटमा रहने उर्लाबारीका यूवा नेताहरु ‘लकडाउन’ मौ पुरै परिवार केन्द्रित भएका छन् । अरु बेला घर परिवारलाई समय र साथ दिन नपाएका उनीहरु यतिबेला भने घरमै बसेर परिवारलाई पुरा सयम दिइरहेका छन् । कोही भने घरमै केही अध्ययन तथा अतिरिक्त क्रियाकलाप गरेर समय बिताइरहेका छन् ।

    उर्लाबारीस्थित अरनिको हस्पिटलका अध्यक्ष लोलिम पोमु अरु बेलापनि पढैया यूवा हुन् । समयअभावले पढ्न छुटाएका पाठ्य सामग्री र विभिन्न चर्चित कृतिहरु अध्ययन गरेरै दिन बिताइरहेको उनको कथन छ । कोरोना भाइरसबाट सचेत रहन जो सम्पर्कमा आइरहेका छन्, सबैलाई फोनमार्फत घरमा सुरक्षित रुपमा बस्न आग्रह गरिरहेको बताउँदै उनले अहिले जनता जति सचेत र सजग रहन्छ, त्यति चाँडो यो समस्या समाधान हुने बताए । जनताले देशका लागि योगदान दिने यो नै महत्वपूर्ण समय रहेको उनको भनाइ छ ।
    नेपाल तरुण दलका स्थानीय नेता नारायण सिटौला यतिबेला सामाजिक सञ्जालमा पुरा समय दिइरहेका छन् । उनले बिहान–बेलुका योगा र व्यायाम गर्नुको साथै खाली समयमा इन्टरनेटमा विश्व इतिहारबारे अध्ययन गरिरहेका छन् ।
    उनले भने, ‘घरमा सजग र सचेत छु, खाली समयमा व्यायाम र योगा गर्छु अनि पढेर समय पास गर्ने गरेको छु ।’
    साथीभाई र आफन्तबीचमा कुनै कुरा गर्नुपरेमा फोनमार्फत नै गर्ने गरेको उनले बताए ।

    उर्लाबारी–४ निवासी सिटौलाले दमकमा स–मिल संचालन गर्दै आएका छन् । निकट ब्यक्तिलाई उनले फोनबाट कोरानाभाइरसबाट बच्नका लागि घरमै बस्न सुझाव पनि दिने गरेका छन् । सरकारले गरेको ‘लकडाउन’ स्वागतयोग्य रहेको बताउँदै उनले सबैले कोरोना संक्रमण फैलिन नदिनका लागि योगदान गर्नुपर्ने उल्लेख गरे । प्रायः सामाजिक गतिविधिमा व्यस्त रहने राष्ट्रिय यूवासंघ मोरङका सदस्य भीष्म बुढाथोकीले खाली समयपनि सामाजिक काममै खर्चिएका छन् । उर्लाबारी–३ का वडासदस्य समेत रहेका उनी ‘प्रहरीको साथी म’ अभियान अन्तर्गत लकडाउनलाई प्रभावकारी बनाउन लागिपरेका छन् । मंगलबारे क्षेत्रमा दश जना यूवालाई परिचालन गरेर देश दुनियाँमा के भइरहेको छ, देशको स्थिति कस्तो भइरहेको छ, त्यसको बारेमा जानकारी लिने र दिने तथा सडकमा अनावश्यक हिँडडुल गर्ने सचेत गराउने गरेका छन् । विश्वमै फैलिएको यो महामारीबाट देशलाई जोगाउन जनता स्वयं सचेत हुनुपर्ने र आफुले सहजकर्ताको भूमिका खेलेको उनको भनाइ छ । यूवासंघकै नेतूत्वमा रहेका रविन लामा, राजिव साम्वा र योगेश जे बस्नेत पनि यतिबेला परिवारसँग समय बिताइरहेका छन् । सामान्य अवस्थामा पनि आफ्नो दैनिकीमा अध्ययन र व्याम गर्ने गरेका उनीहरु अहिलेको विशेष परिस्थितिमा त्यसलाई थप समय दिने गरेका छन् ।
    यूवा नेता लामाले भने, म साथीभाईकै सम्पर्कमा रहन्थे बिहानको अधिकांश समय त्यसैमा बित्थ्यो, तर अहिले पर्याप्त समय घरपरिवार संगै रमाएर वितेको छु ।
    दिनमा अरु बाँकी समय लेखपढ, परिवारसँग छलफल, साथीभाईसँग फोनमा कुराकानी गरेर समय बिताउने गरेको उनले बताए । देशको अवस्था बिग्रन नदिन सरकारले चालेको कदम सराहनीय रहेको भन्दै उनले यसमा जनताले पनि साथ दिइरहेको जनाए । उनले सरकारी निकायबाट आउने निर्देशनानुसार अहिले काम गर्नु बाहेक अरु कुनै विकल्प नरहेको र त्यो नै आफ्नो स्वास्थ्य र समाजका लागि राम्रो हुने बताए । उर्लाबारी जेसीजका महासचिव भाईटीका भट्टराईले यो खाली समयलाई पुराना दस्तावेज तथा कागजातहरु अध्यावधिक गर्नमा प्रयोग गरिरहेका छन् । ‘व्यस्तताका कारण पुराना विधेयक, चिठीपत्र, पुराना केही दस्तावेजहरु अध्ययन गर्न पाइरहेको थिइनँ, ती अहिले खोजी खोजी अध्ययन गरिरहेको छु र काम नलाग्ने चिज मिल्काइरहेको छु,’ उनले भने, ‘यो समय भनेको देश र समाजलाई बुझ्ने समय हो, यसका लागि अध्ययन गर्ने कार्य गर्नुपर्छ ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…