• मिक्लाजुङ्ग । मोरङको मिक्लाजुङ्ग गाउँपालिका – ४ सफेवास्थित एक बालिकालाई दुरूसाहन गरेर आत्महत्या गराउन बाध्य बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् । इलका प्रहरी कार्यालय उर्लाबारीले दुरूसाहन मुद्दामा दुई जना पक्राउ गरेको हो ।

    प्रहरीले मिक्लाजुङ्ग गाउँपालिका ४ का २१ वर्षिय मदन लिम्बु र सोही ठाउँका २२ वर्षिय पारस राईलाई पक्राउ गरिएको इप्रका उर्लाबारीका इनिस्पेक्टर सुवास राईले जानकारी दिए । प्रहरीले दुवै जनालाई मुलुकी फौजदारी संहिता दफा १८५ अनुसार अपराध गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेको छ ।

    https://www.youtube.com/watch?v=QOh8dY6rCis

     

    गत शनिबार १५ वर्षिय मन्जु नेम्वाङ्ग लिम्बुले सुसाइट नोट लेखेर आत्महत्या गरेकी थिइन् । आत्महत्या गरेकी बालिकाले सुसाइट नोटमा मदन र पारसका कारणले आत्महत्या गर्नुपरेको उल्लेख गरेकी थिइन् । ‘पीडित परिवारले किटानी जाहेरी दिएपछि पक्राउ गरिएको हो,’ इप्रका उर्लाबारीका प्रमुख राईले भने, ‘बुधबार दुरूसाहन मुद्दामा म्यात थप गरि अनुसन्धान अनुसन्धान गरिनेछ ।’

    पीडित परिवारले सोमबार इप्रका उर्लाबारीमा किटानी जाहेरी दिएको मृतका आफन्त महेन्द्र थेगिमले बताए । घटनाको सत्यतथ्य छानविन गरि दोषीलाई कारवाहीको दायरमा ल्याउनुपर्ने उनको भनाई छ ।

    मुलुकी फौजदारी संहिता १८५.२ मा आत्महत्या गर्न दुरुत्साहन दिने र त्यस्तो काम गर्नसम्मको परिस्थिति खडा गर्नेलाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था छ । यो प्रकरणमा आत्महत्या गर्न बाध्य बनाएको पुष्टि भएमा कम्तिमा ५ वर्ष जेल सजाय हुन सक्ने कानुन व्यवसायीको भनाई छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…