• उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको एक मस्जिद आसपासका क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९) का ११ जना सङ्क्रमित देखिएसंगै सो स्थानमा बन्दाबन्दी कडा पारिएको छ ।

    प्रदेश नं १ अन्तर्गत उदयपुरको भुल्केको एक मस्जिद आसपासको क्षेत्रमा मङगलबार बेलुकी १० जना र आज बिहान एक जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएसंगै यस क्षेत्रमा लकडाउनलाई अझ कडा पारिएको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    त्रियुगा नगरपालिकाको ३ नं वडालाई पूर्ण रुपमा सिल गरी त्यहाँका सम्पूर्ण नागरिकको आवातजावतलाई ठप्प गरी आवश्यक सामग्री जनप्रतिनिधिको सहयोगमा प्रहरीले उपलव्ध गराइएको छ । त्यहाँका सर्वसाधारण नागरिकले पनि बन्दाबन्दीलाई पूर्ण पालना गर्दै घरभित्र बसेर पूर्ण सहयोग गरिरहेकोे प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    उक्त क्षेत्रमा बस्ने मुस्लिम समुदायका ५२ घरपरिवार र अन्य समुदायका थ्रोट स्वाब नमूना परीक्षण (पिसीआर) गर्ने कार्य द्रूत गतिमा भइरहेको प्रदेश नं. १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । थ्रोट स्वाब लिएको नमूनाको (पिसीआर) परीक्षण विराटनगरको कोशी अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा भइरहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमित देखिएका १० जनालाई मङगलबार नै र एक जनालाई आज उपचारका लागि विराटनगर–१० स्थित कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा ल्याउने सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले जानकारी दिनुभयो । उपचार केन्द्रमा राखिएका सङ्क्रमित सबैको अवस्थामा सामान्य रहेको उहाँको भनाइ छ ।

    यसअघि भुल्केको नुरी मस्जिदमा बसेका १२ जना (११ भारतीय र एक नेपाली) जमातीमा वैशाख ५ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । त्यसको भोलिपल्ट त्यही समूहका एक नेपाली जमातीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । लगत्तै त्यो क्षेत्रलाई सिल गरेर उनीहरुको सम्पर्कमा आएका २६० जनाको नमूना सङ्कलन गरिएको थियो । कोभिड–१९ पोजेटिभ देखिएका सबैको उपचारका लागि विराटनगरस्थित कोरोना उपचार केन्द्रमा ल्याइएको मुख्यमन्त्री कार्यालय विराटनगरमा रहेको कोरोना सूचना डेस्कले जनाएको थियो ।

    उदयपुर जिल्लामा प्रहरीले बन्दाबन्दीको पूर्ण पालना गराइनुका साथै अति आवश्यक सामग्री खरीद गर्न केही छुट दिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…