• काठमाडौं, वैशाख १० गते । साउदी सरकारले बिभिन्न तारे होटलहरुलाई पनि क्वारेन्टाइनका रुपमा प्रयोग गर्न थालेको छ । ती होटलहरूलाई क्वारेन्टाइन बनाउन थाले पछि त्यहाँ कार्यरत नेपालीले काम गर्न नसकिने गुनासोे गर्न थालेको दूतावासले बताएको छ ।
    गुनासो सम्बन्धमा होटलको व्यवस्थापनसँग कुराकानी गर्दा होटलमा काम गर्ने सबैको सुरक्षाका लागि होटलले सरकारको निगरानी र निर्देशन अनुसार सावधानीका आवश्यक उपायहरु अवलम्वन गरेको र कुनै समस्या नभएको जानकारी दिएको दूतावासले बताएको छ ।
    आफूले गर्ने काम सम्बन्धी समस्याहरूलाई प्रष्टरुपमा व्यवस्थापनसँग राख्न र सुरक्षाका सबै उपायहरुलाई अवलम्वन गर्दै कार्य गर्न नेपालीलाई दूतावासको अनुरोध छ ।
    कोरोना भाइरसको संक्रमणको संवेदनशील र गम्भीर सावधानी अपनाउन जरुरी रहेको दूतावासको भनाइ छ ।
    साथै हाल बसिरहेको आवास नछोड्न पनि दूतावासले साउदीमा कार्यरत सवै नेपालीलाई आग्रह गरेको छ । कम्पनीले जुनसुकै वहानामा बसिरहेको आवासबाट अन्यत्र लैजान खोजेमा स्वीकार नगर्न पनि अनुरोध गरेको छ ।
    जानुपर्ने विश्वसनीय आधार भएमा चालकको भरमा मात्र नभई कम्पनीको प्रतिनिधिको साथमा मात्र जान दूतावासले बताएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…